दमक – झापाको दमकमा दमक गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ । यहि चैत ९ देखि १८ गते सम्म हुने प्रतियोगीतामा विभिन्न राष्ट्रिय स्तरका क्लबहरुको सहभागीता रहने आयोजक दमक खेलकुद विकास समितिले जनाएको छ ।
आयोजकले आज दमकमा पत्रकार सम्मेलन गरि गोल्डकप तयारी अन्तिम चरणमा पुगेको खेलकुद बिकास समितिका अध्यक्ष भीमराज केसीले बताए ।
प्रतियोगीतामा प्रथम पुरस्कार नगद १३ लाख ११ हजार र दोश्रो पुरस्कार ६ लाख ११ हजार रुपैयाँ रहेको छ । यस्तै विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाएको हो । प्रतियोगीतामा भारत र अफ्रिका सहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुको सहभागीता रहने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल सहित उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले विधागत नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गाशालामा हुने प्रतियोगीतामा आयोजक दमक ११ सहित १० टिम सहभागी हुने छन् । प्रतियोगीतामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत , बागमती यूवा फूटबल क्लव सर्लाहि ,र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् ।
प्रतियोगीता सम्पन्न गर्नका लागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको दमक नगर खेलकुद विकास समितीका अध्यक्ष भीम राज केसिले जानकारी दिनुभयो । सो मध्ये २५ लाख रुपैँया दमक नगरपालिकाले दिने र बाँकी रकम प्रयोजक, सहप्रायोजक र गेट टिकट बिक्रिबाट संकलन गर्ने लक्ष्य राखीएको छ ।















Discussion about this post