झापा । प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिबेशनबाट अध्यक्षमा मोरङका अबिजाल बिष्ट निर्वाचित हुनुभएको छ । झापाको विर्तामोडमा आज भएको अधिबेशनबाट बिष्ट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
त्यसैगरी, उपाध्यक्षद्वयमा सुष्मा श्रेष्ठ (सुनसरी), सुमन पुरी (इलाम), महासचिवमा गोपाल झापाली (झापा), यस्तै, खुल्ला सचिवमा गणेश उप्रेती (उदयपुर), समावेशी सचिव रविन श्रेष्ठ (ओखलढुंगा) र कोषाध्यक्षमा युवराज विवश (झापा) सर्वसम्मत चयन भएका छन् ।
प्रदेश कमिटीको सदस्यमा झापाबाट रमेश तिवारी, उमानाथ भण्डारी, विशाल नेम्बाङ, मायामितु न्यौपाने, राम निरौला, रोहित काफ्ले, अर्जुन कार्की, राजकुमार ओली, विष्णुमाया मैनाली, संगीता उप्रेती, राजु पोखरेल र शिशिर चौंलागाईं चयन भए ।
यस्तै तेह्रथुमबाट जितलाल लिम्बू र गंगा लिम्बू प्रदेश कमिटीमा सदस्य बनेका छन् भने ओखलढुंगाबाट निश्चल राजभण्डारी र स्वर्णिमा सुनुवारलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश कमिटीका सदस्यहरुमा खोटाङबाट लोकमणि रिजाल र पदम भूजेल, संखुवासभाबाट दिव्य राई र समीक्षा मगर, पाँचथरबाट सागर खनाल, रमेश थापा र दिलकुमारी तामाङ चयन भएका छन् ।
यस्तै भोजपुरबाट श्रीकृष्ण बोगटी, मेनुका लुईंटेल र गणेश विष्ट, धनकुटाबाट बलराम दाहाल, नारायणकुमार आठपहरिया र कल्पना थापा, ताप्लेजुङबाट केशवप्रसाद भट्टराई, रविना राई र केशव आचार्य सर्वसम्मत रुपमा प्रदेश कमिटी सदस्य चयन भएका छन् ।
प्रदेश कमिटीमा सोलुखुम्बुबाट डिल्ली शर्मा, पशी शेर्पा र प्रदीप राई चयन भएका छन् भने उदयपुरबाट सुजता ढुंगाना, टेकराज निखाम र भूपेन्द्र पौडेलले जिम्मेवारी पाएका छन् । यस्तै इलामबाट बिमल दाहाल, दिवाकर भण्डारी, विष्णु गड्तौला, सन्तोष नेम्बाङ र गणेश अर्याल, मोरङबाट रन्जना अधिकारी, नवराज भट्टराई, सन्तोष गौतम, ज्योति चौहान, दिनेश सुब्बा, सुमन सुस्केरा, विजय धिमाल, तेजेन्द्र भण्डारी, किशोर विक र सन्तोष सिग्देल सर्वसम्मतरुपमा सदस्य चयन भएका छन् ।
यस्तै सुनसरीबाट लुकमान अन्सारी, प्रदीप चौधरी, महेश गुरागाईं, नवराज विष्ट, सरिता भण्डारी, हिमाल दाहाल, धिरेन लिम्बू, योगेशबाबु काफ्ले, दामोदर गुरागाईं, शिशिर राई, रणध्वज लोहार, रोहित राई, लक्ष्मी पराजुली र चन्दन रौनियार प्रदेश कमिटीको सदस्य बनेका छन् ।
प्रेस चौतारी नेपालको प्रथम अधिवेशनबाट बिष्टको नेतृत्वमा ७१ सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।अधिबेशनको आज बिहान एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको थियो ।
Discussion about this post