कमल – झापाको कमल गाउँपालिकामा आगामी फागुन २५ गते देखि चैत २ गते सम्म प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगीता हुने भएको छ ।
कमल खेलकुद विकास समितिले गाउँपालिकासँगको सहयोगमा फुटबल प्रतियोगीता गर्न लागेको हो । आईतबार आयोजीत पत्रकार सम्मेलनमा खेलकुद विकास समिति संयोजक चतुर्भुज काफ्लेले प्रदेश स्तरीय प्रतियोगीतामा विभिन्न ८ ओटा टीमको सहभागीता रहने बताउनुभयो । उहाँका अनुसार धनकुटा फुटबल क्लब, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल कलव, चारतारे फुटबल क्लव लेटाङ्, कमल खेलकुद विकास समिति धुलाबारी फुटबल एकेडेमी, रेड स्टार फुलबल क्लब ईलाम र झापाको चारआली स्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण प्रतियोगीतामा भिड्ने छन् ।
कमल गाउँपालिका-३ को केर्खा खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २५ गते कमल खेलकुद विकास समिति आयोजक टिम र टेम्के फुटबल क्लब, धरान बिच पहिलो खेल हुने भएको छ । यस्तै २६ गते धनकुटा फुटबल क्लब, धनकुटा र श्री नयाँ श्रीनाथ गण, चारआली बिच हुने भएको छ । २७ गते चारतारे फुटबल क्लब, लेटाङ्ग, मोरङ्ग , र रेड स्टार फुटबल क्लब, इलाम बिच हुने भएको छ भने, २८ गते बेलबारी फुटबल क्लब, मोरङ्ग र धुलाबारी फुटबल एकेडेमी, झापा बिच प्रतिस्पर्धा हुने भएको छ । खेल समय भने दिउँसो १ बजे तोकिएको छ । यस्तै, २९ गते पहिलो सेमीफाइनल र ३० गते दोस्रो सेमीफाइनल खेल हुने जनाइएको छ ।
प्रतियोगीताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद सहित ट्रफि पाउने समितिका सहसंयोजक तेजू राईले जानकारी दिनुभयो ।
यस्तै प्रत्येक खेलमा म्यान अफ दि म्याचले २५ सय र सर्वोत्कृष्ट खेलाडीले ५ हजार पाउने छन् भने विधागत रुपमा उत्कृष्ट हुनेले जनही ३ हजार पाउने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाले स्थानीय स्तरमा समेत खेलाडी उत्पादन र प्रोत्साहनमा प्राथमिकता दिएको बताउनुभयो । यस्तै युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गराई श्रीजनशिल बनाउने उदेश्यले विभिन्न प्रतियोगीता समेत आयोजना गर्दै आएको उहाँको भनाई छ ।
त्यस अवसरमा आयोजक टिम, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई भव्यताका साथ सफल बनाउका लागि आवश्यकता अनुसार उपसमितिहरु समेत निर्माण गरिएकोछ । जसमा स्वयमसेवक तथा खेल मैदान व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि सत्कार तथा सम्मान उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र खाद्यान्न व्यवस्थापन उपसमिति निर्माण गरि तिव्र रुपमा तयारी थालिएको आयोजक समितिले बताए ।
Discussion about this post