दमक – झापाको दमक मोवाईल व्यवसायी संघले शुक्रवार दमक-४ तारावारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
आफनो नवौ स्थापना दिवसका अवसर पारेर समुदायमा आधारित छात्राहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामाग्री हस्तान्तरण गरिएको सचिव खेम सापकोटाले जानकारी दिए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आम्दा अस्पताल दमककी स्वास्थ्यकर्मी कमला घिमिरेले महिनावारी सम्बन्धीसचेतना मूलक अभिमुखीकरण प्रदान गरेकी थिइन् ।
संघका अध्यक्ष भेनस श्रेष्ठको अध्यक्षता तथा संघका सहसचिव दिपेश दाहालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा निम्स अस्पताल सञ्चालक समितिका सचिव रोशन विष्ट, विद्यालयका प्रअ नारायण बहादुर भण्डारी, लायन्स क्लव अफ दमक सेविकाकी अध्यक्ष ज्ञानु बुढाथोकी,सामाजिक अगुवाहरु कुवेर भट्टराई, राजेन्द्र सिटौला, चिरन्जीवि नेपाली, सिता पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
सहयोगी सामाग्रीहरु निम्स अस्पताल, दमककै दर्पण फार्मेसीले सहयोग पुरयाँएको थियो ।
स्थापना दिवसका अवसरमा विहिबार दमकमा आयोजना गरेको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको थियो ।
Discussion about this post