सूचना प्रकाशित मिति–२०७८ फागुन ४ गते
झापा जिल्ला कमल गाउँपालिका वडा नम्बर ५, स्थित मंगलमय माध्यमिक विद्यालयको लागि निम्न लिखित पदमा शिक्षक आवश्यकता भएकोले मेहनती, ईमान्दार तथा काम गर्न इच्छुक भएका योग्यता पुगेका नेपाली नागरिकबाट हस्तलिखित निवेदन साथै नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित प्रकाशित मितिले ६ दिन भित्र यस विद्यालयको कार्यालय कमल–५, पाडाजुङ्गीमा आएर दरखास्त दिन आह्वान गरिन्छ ।
तपशिलः
१) विज्ञापन नम्बर–२/०७८/०७९
२) पद–शिक्षक (निजी स्रोत)
३) आवश्यक पद संख्या–२ जना
४) किसिम– वार्षिक करार
५) परिक्षाको किसिम– लिखित र मौखिक आवश्यकता अनुसार प्रयोगात्मक पनि हुनेछ ।
६) दरखास्त मिति– २०७८ फागुन ४ गतेदेखी १० गते ४ बजेसम्म ।
७) उमेर– १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ।
८) निवेदन दस्तुर– रु ५०० ।
९) सेवा सुविद्या सम्बन्धमा– विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार
१०) अंग्रेजी माध्यमबाट बिज्ञान/गणित, कम्प्युटर वा अर्थशास्त्र वा अंग्रेजी वा सबै विषय अध्यापन गर्न सक्ने
११) न्यूनतम शैक्षिक योग्यता– कक्षा १२ उत्तिर्ण वा सो सरह
१२) वाञ्छनीय योग्यता– सम्बन्धित विषयमा स्नातक
आवश्यक कागजात :–
१) हस्तलिखित निवेदन
२) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि
३) शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपिहरु
४) अनुभव प्रमाण–पत्रको प्रतिलिपिहरु
सम्पर्क मितिः २०७८ फागुन १२ गते
परिक्षा मितिः २०७८ फागुन १३ गते
समयः विहान १० बजे
स्थानः विद्यालयको सभाहल ।














Discussion about this post