मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापा गौरादहका चर्चित लोकगायक ताजपुरिया भन्छन्–‘आफ्नै ठाउँ प्यारो लाग्छ’

दमक पोष्ट by दमक पोष्ट
२०७८ माघ २७, बिहीबार १०:५६
in कोशी प्रदेश, समाज, सहित्य र कला
0
झापा गौरादहका चर्चित लोकगायक ताजपुरिया भन्छन्–‘आफ्नै ठाउँ प्यारो लाग्छ’
165
SHARES
517
VIEWS
Spread the love

झापा । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन् । सहर ताक्छन् । आफ्नो संस्कृति र संस्कार बिर्सन्छन् । तर, ‘गौरादहको बजारैमा…’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएका छन् ।

रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकाश पाएपछि काठमाडौंको लामो बसाई टुंग्याएर उनी पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किए । बुवाको पालामा बनेको झुपडी घर मक्किएको हुँदा जागिरबाट बचेको पैसाले गौरादह नगरपालिका वडा नं. २ मा सानो नयाँ घर बनाए । अहिले त्यही घरमा ताजपुरिया दम्पति बस्दै आएका छन् ।

“धेरै गीत गाएँ, धेरै दाम चाहिँ कमाउन सकिन,” काठमाडौंबाट गाउँ फर्किएर अवकाश जीवन बिताइरहेका उनी भन्छन्–“तर, धेरै नाम कमाउन पाएकोमा खुशी छु । गौरादहकै गीत गाउँदा सबैले चिन्नुभयो । गौरादह नै प्यारो लाग्छ ।”

झापामा राजबंशी र ताजपुरिया बढी जनसंख्या भएको आदिबासी समुदाय हो । उनीहरुको आफ्नै मातृभाषा, भेषभुषा र संस्कृति छ । मातृसंस्कृति जोगाउँदै उनले नेपाली भाषा र लोकलयमा गीत गाएर पुर्याएको योगदान अद्वितीय छ ।

गौरादहको एउटै गीतले चर्चित बनायो

वि.सं. २०३९ साल जेठमा अञ्चलाधीश लीलाराज बिष्ट र प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीले गीत सुनेर दिएको एक सय पच्चिस रुपैयाँ बोकेर गौरादहबाट काठमाडौं पुगेका ताजपुरियाले रेडियो नेपालमा स्वर परीक्षा पास गरेलगत्तै ताजपुरिया भाषामा नेपालकै पहिलो गीत रेकर्ड गराएका थिए ।

गीतको बोल थियो–“कालो गेरे छोडिर देहार गथान खपा हेर्देली माई नाखत बेसान… ।” यसको अर्थ लाग्थ्यो–“काली काली भए पनि हिस्सी परेकी छौं….।”

उसबेला रेडियो नेपालमा फुलबारी कार्यक्रममा भाषाभाषीको गीत बज्थ्यो । ताजपुरिया भाषाको गीत गाएको धेरै पछि मात्र उनले नेपाली लोकगीत गाउने अवसर पाए । जसको बोल थियो–
“गौरादहको बजारैमा माया हाम्रो बस्यो,
कसो गरी भुल्ने होला मन उडी गयो ।”

यो गीत यति लोकप्रिय बन्यो कि यसैले सीताराम ताजपुरियालाई विश्वभरिका नेपाली भाषीसामू चिनायो । यही गीतको ख्यातिका कारण २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उनले गोरखा दक्षिणबाहु पदकले विभूषित हुने अवसर पाए । रेडियो नेपालले उनलाई स्वर्ण पदक समेत दियो ।

३६ वर्ष अघि २०४२ सालतिर “गौरादहको बजारैमा..” गीत रेकर्ड भएको थियो । गायक ताजपुरियाको आफ्नै रचना, स्वर र संगीत मिसिएको छ उक्त गीतमा । उनका अनुसार २०३३ सालमा एसएलसीको जाँच दिएपछि यो गीतको पहिलो हरफ लेखिएको थियो । पछि पुनर्लेखन गरेर गीतलाई रेकर्ड गरिएको थियो ।

गौरादहको बजारमा मायालुसँग माया साटेको भावना बोकेको उक्त गीत गाउँदा गौरादह बजारमा पुराना शैलीका झुपडी घरहरु मात्र थिए । अहिले ठूला महल र फराकिला सडकले नगरपालिकामा रुपान्तरित सहर भइसकेको छ गौरादह ।

“गौरादह र जुरोपानी गाउँ समेटेर नगरपालिका बनाउन लाग्दा गौरापानी नगरपालिका बनाउने तयारी भएको रहेछ,” उनले भने–“गौरादहको पहिचान मेटाउनु हुँदैन भनेर मैले नेताहरुलाई आग्रह गरेको थिएँ । आखिर पहिचान बाँच्यो ।”

चोकको नामाकरण उहाँकै नामबाट

गौरादह–२ मा गौरीगञ्ज जाने सडकमै जोडिएको छ उनको घर । घरको आँगनमा रंगीबिरंगी फुल फुलेका छन् । गौरादह चोकबाट दक्षिणमा रहेको उनको घर भएको चोकको नामाकरण ‘सीताराम ताजपुरिया चोक’ राखिएको छ । चोकको नाम २०७२ सालमा राखिएको थियो ।

एक तले पक्की घरको छतको बुर्जामा ‘गौरादहको बजारैमा….’ ठूलो अक्षरले कुँदिएको छ । बाटो हिँड्ने जोकोहीले त्यो घर राष्ट्रिय गायक सीताराम ताजपुरियाको हो भनेर चिन्न सजिलो भएको छ । चोकको नामाकरणमा स्थानीय राजनीतिक दलहरु एकमत भएका थिए ।

घरभित्र भान्सा बाहेकका सबै कोठा उनले पाएका तक्मा, पुरस्कार, सम्मान र कदरका प्रमाणपत्रहरुले भरिभराउ छन् । तत्कालीन राजा वीरेन्द्र र तत्कालीन सञ्चारमन्त्री शंकर पोखरेलको हातबाट सम्मान ग्रहण गरिरहेको तस्वीर सजाइएको छ । सुन र चाँदीका तक्माहरु राखिएका छन् । गायक उदितनारायण झा, कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता भुवन केसी र राजेश हमाल लगायतसँग खिचेका पुराना तस्वीरहरुले उनको घरलाई संग्रहालय जस्तै बनाएको छ ।

मन परेको गीत अर्कै थियो

“गौरादहको बजारैमा..” गीतले बहुचर्चित बनाए तापनि गायकको प्रिय गीत चाहिँ अर्कै रहेछ । उनलाई सर्वाधिक मन परेको गीत यस्तो रहेछ–
“म आफ्नै आँखाबाट झरेको छु,
झरेको पातलाई जसले टेके पनि हुन्छ ।
म आफ्नै चिहानमा मरेको छु,
मरेको गीतलाई जसले लेखे पनि हुन्छ ।।”

उनका २०० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भइसकेका छन् । जसमा धेरैजसो लोकगीत छन् भने आधुनिक र भजन गीत पनि धेरै नै छन् ।

“म सानैदेखि नेपाली भाषा, संस्कृति र लोकलयसँग नजिकिएको थिएँ,” आदिबासी परिवारमा जन्मेर पनि पहाडी मूलको नेपाली लोकगीतमा रुचि राख्नुको कारण बताउँदै उनले भने–“मातृभाषा चटक्कै भुलेको होइन, नेपाली भाषा बोल्ने साथीहरु मेरा धेरै थिए । उनीहरुसँगै घुलमिल धेरै थियो । त्यसको प्रभाव गीतमा पनि पर्यो ।”

तराईमा जन्मी हुर्की गरेको उनको अधिकांश गीतमा भने पहाडी जनजीवन र भाका झल्किन्छ । उनको एउटा गीत यस्तो छ–“ढाकरै बोकी ठ्याक्क ठ्याक्क
ओखलढुंगा चार दिनको बाटो कटारी बजार ठ्याक्क ठ्याक्क
भोकै र नांगै बालबच्चा घरमा ठ्याक्क ठ्याक्क
यस्तै नै रैछ दुखिया कर्म ठ्याक्क ठ्याक्क ।”

गीत धेरै नै गाए पनि “गौरादहको बजारैमा…” यति धेरै प्रसिद्ध होला भनेर आफुले सुरुमा कल्पना नगरेको उनले बताए ।

बुढेसकालले छुन थालिसकेको छ उनलाई । सुगर र प्रेसरको बिरामीले च्याप्न थालेको छ । आँखाको पावर कम हुँदै गएको छ । शरीर कमजोर हुँदै गएको छ । तथापि विभिन्न जिल्लाबाट गीत गाउन बोलाउँदा उनी जाने गरेका छन् । केही समयपछि भारतको आसाममा गीत गाउन निम्तो आएको जानकारी दिदै जाने तयारी गरिरहेको उनले बताए ।

दाम नकमाए पनि नाम कमाएकोमा खुशी

सीताराम ताजपुरियाले जीवनभर नेपाली सांगीतिक क्षेत्रको सेवा गरे । तर उनले दाम होइन, नाम कमाउनु भयो । यसैमा खुशी छन् उनी ।

“जागिरबाट बिदा भएपछि आफ्नै गाउँ गौरादह आएको छु, सानैदेखिका साथीभाइ सबै यतैछन्,” उनले भावुक हुँदै भने–“मेरो बुबा गोठालो हुनुहुन्थ्यो । अर्काको बनिबुतो गरेर हामीलाई पाल्नु हुन्थ्यो । धेरै पढाउन सक्नु भएन । तर मैले काठमाडौं गएर गीत गाएर देशको सेवा गर्न पाएँ । गौरादहको नाम चम्काउन पाएँ ।”

उनको सम्पत्तिको नाममा एक कठ्ठा जग्गा र घर छ । पत्नी लक्ष्मी ताजपुरिया पनि संगीतप्रति झुकाव राख्छिन् । छोराछोरी छैनन् । बाँचुञ्जेल नेपाली संगीतको सेवा गर्ने इच्छा उनले सुनाए । गौरादह नगरपालिकाले सम्मान गर्ने भएको रहेछ । पत्रकार र संगीत क्षेत्रका मानिसहरु भेट्नका लागि आइरहन्छन् । यसैमा उनी सन्तुष्ट छन् ।

“कलाकारहरुलाई गहना भनेर मात्र हुँदैन,” उनले सरकारलाई सुझाव राख्दै भने–“देशको कला र संस्कृतिको जगेर्ना गर्ने कलाकारहरुको अवस्था के रहेछ भने यसो कहिलेकाहिँ सरकारले पनि हेरबिचार गर्नुपर्छ ।” आधुनिक संगीतको नाममा पाश्चात्य संस्कृतिको अतिक्रमणले नेपाली संगीतमा विकृति बढ्न थालेको उनको गुनासो छ । -रासस


Spread the love
Previous Post

आमूल परिवर्तन मसिह पार्टीको प्रथम महाधिवेशन चितवनमा फागुन २५ मा हुने

Next Post

दमकमा अखिल क्रान्तिकारीद्धारा रक्तदान तथा पत्रकारिता तालिम सञ्चालन हुने

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ माघ २७, बिहीबार १०:५६
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ माघ २७, बिहीबार १०:५६
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ माघ २७, बिहीबार १०:५६
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ माघ २७, बिहीबार १०:५६
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ माघ २७, बिहीबार १०:५६
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ माघ २७, बिहीबार १०:५६
Next Post
दमकमा अखिल क्रान्तिकारीद्धारा रक्तदान तथा पत्रकारिता तालिम सञ्चालन हुने

दमकमा अखिल क्रान्तिकारीद्धारा रक्तदान तथा पत्रकारिता तालिम सञ्चालन हुने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!