काठमाडौँ । पश्चिमी वायुको प्रभावस्वरुप सोम्बारसम्म मौसम सफा नहुने जन तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको छ।
विभागका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ । आज दिउँसो कतै कतै केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने जनाइएको छ । हिमाली भेगमा आज पनि हिउँ पर्ने संभावना रहेको विभागले जनाएको छ । यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ। पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने जनाइएको छ ।













Discussion about this post