नारायणगढ – सुक्खा पहिरो खसेपछि मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहानका राति २ः३० बजेतिर ईच्छाकामना–६ स्थित सडकखण्डको कालीखोला भन्ने स्थानमा माथिबाट भीषण पहिरो झरेको हो । सुक्खा पहिरोका कारण सडक दुईतर्फी रूपमा अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुन सकिरहेका छैनन् । सडकको दुवैतर्फ गन्तव्यमा हिँडेका सवारीसाधनको लाम लागेको छ । अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । थप अर्को डोजर पनि ल्याउने तयारी भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।














Discussion about this post