दमक । प्रेस चौतारी नेपाल मोरङको ८ औं जिल्ला अधिवेशनले अध्यक्ष पदमा सुदीप कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
विहिबार विराटनगरमा सम्पन्न जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा चीना थापा र सन्तोष राई, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा हरिहर नेपाल, दिपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दिपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई, राजकुमारी तामाङ, इश्वर दुलाल, राजो उराव, भूपेन्द्र कटुवाल, सम्जना चौधरी, भूमीप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुङ्गाना, मनोजकुमार महतो, सामना भट्टराई, रोमा दाहाल र तिलक नेपाल निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई नगद १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष विक्रम लुईटेल, रामचन्द्र अधिकारी, सल्लाहकार डिल्ली पोखरेललाई सम्मान गरिएको थियो ।
Discussion about this post