पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन्।
दोस्रो प्रादेशिक अधिवेशनले लामाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा राजेन्द्र राई (दुष्ट ) र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा वसन्त पालुङ्वा, मोहन तामाङ, सन्दिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मिला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भएका छन्। त्यस्तै‚ खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलबी लावती र बाबुराम मुडियारी सदस्यमा निर्वाचित भएका छन्।
लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यमा दीपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन्। अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई निर्वाचित भएका छन्।
प्रादेशिक अधिबेशनमा प्रदेश १ का १४ जिल्ला शाखाबाट १५० जना प्रतिनिधि ,पर्यवेक्षकको सहभागिता रहेको थियो । दुई दिने उक्त अधिबेशनको उद्घाटन प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गवोले गरेका थिए ।
Discussion about this post