मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

किन पर्छ पर्यटकको रोजाइमा डोल्पा ?

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष २६, सोमबार २१:०८
in पर्यटन
0
किन पर्छ पर्यटकको रोजाइमा डोल्पा ?
198
SHARES
619
VIEWS
Spread the love

जाजरकोट – नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुद्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ ।

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो शे फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।

तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ । त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन् । बास बस्नका लागि ठाउँठाउँमा होटेलहरु निर्माण गर्ने क्रम जारी छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ । डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ । ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ ।

राज्यको लगानी न्यून

कर्णालीमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास, समृद्धि र संसारलाई आकर्षित गर्नसक्ने क्षमता भए पनि राज्यले ध्यान नदिँदा यहाँको हीरा पनि किराका रुपमा परिणत हुनुपरेको कर्णालीवासीको गुनासो छ । राज्यको लगानी तथा भरपर्दो रुट निर्माणमा ध्यान नदिँदा माल पाएर चाल नपाएझैँ भएको टानका कार्यसमिति सदस्य जितेन्द्र झाँक्री बताउनुहुन्छ । निजीक्षेत्रबाट स्थानीयवासीले दुःख गरी निर्माण गरिएका होटेल, घरबास मात्र फोक्सुण्डोमा छन् । याम छोपेर मात्र यहाँका गतिविधि चल्ने भएकाले स्थानीयवासीलाई समेत दुःख भएको झाँक्रीले बताउनुभयो ।

छिञ्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको ट्र्याक खोलेसँगै फोक्सुण्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । अहिले जाजरकोट खण्डमा पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ भने डोल्पा खण्डमा निर्माण जारी छ । जाजरकोट सदरमुकामदेखि १७ किलोमिटरमा रहेको ठूलीभेरी र सानीभेरीका सङ्गमस्थल रिम्नासम्म पिचको काम जारी छ । त्योभन्दा माथि जाजरकोटको अन्तिम बिन्दु तल्लु बगरसम्म पिचका लागि केही दिनमै बोलपत्र आह्वान गर्न लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुव झाले बताउनुभयो ।

जाजरकोटदेखि दुनै सडक ११७ किलोमिटरमा १४ वटा पुल निर्माण गर्ने काम जारी छ । शे–फोक्सुण्डो मात्र नभएर उपल्लो डोल्पामा आन्तरिक पर्यटक बढाउनका लागि भौतिक संरचना निर्माणमा भारी जोड दिनु जरुरी छ । संसारमै लोपोन्मुख हिउँ चितुवा यही निकुञ्ज क्षेत्रमा पाइन्छ । अहिले सो ठाउँमा रहेका चारवटा हिउँ चितुवालाई रेडियो कलार जडान गरी अध्ययन थालिएको निकुञ्जले जनाएको छ । प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी छ डोल्पा । डोल्पाको सुन्दर पक्षले जति ख्याति पाएको छ, त्यसअनुसार पर्यटक जान नसक्दा नीति निर्माण तहमा बस्नेलाई सधैँ यस क्षेत्रका जनसाधारणले आक्रोश पोख्दै आएका छन् । सुर्खेतको छिञ्चुदेखि जाजरकोट हुँदै तल्लोबगरसम्म, तल्लोबगरदेखि खदाडसम्म, खदाडदेखि त्रिपुराकोटको कान्तिबजारसम्म र कान्तिबजार हुँदै डोल्पाको सदरमुकाम दुनै सडक मार्गबाट पुग्न सकिन्छ ।

हवाईजहाजबाट जाने हो भने अहिले काठमाडौँदेखि डोल्पाको जुफाल एयरपोर्टसम्म यात्रुको चापअनुसार नेपाजगञ्जदेखि जुफालसम्म हवाई सेवा नियमित छ । जुफालदेखि डोल्पाको सदरमुकासम्म जिपमा एक घण्टा लाग्छ । त्यसपछि फोक्सुण्डो जान पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । दुनैदेखि तीन दिनको पैदल यात्रापछि फोक्सुण्डो तालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

धार्मिक महत्व उत्तिकै

डोल्पा जाने मुख्यद्वारमा बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको एक अङ्ग पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ । बाला त्रिपुरासुन्दरी मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भनिन्छ । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो ।

यहाँको सुरम्य डाँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टी–पौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ । मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भनिँदै आएको छ । यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो ।

त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठूलो त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ । इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक् छ । यसको चारैतिर होचो भूभाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ । यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लोमा अडिएको विशाल संरचना छ । करिब सात हजार फिटको उचाइमा यो तीर्थस्थल छ ।

मन्दिर नेपालका परम्परागत मन्दिरभन्दा फरक शैली र आकारको छ । इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक् छ । यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गङ्गालगायतका प्रसिद्ध तीर्थस्थल छन् भने बीचको टाकुरामा याे मन्दिर अवस्थित छ ।

उत्तरतर्फबाट आउने ताम्रवर्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल दोभानभन्दा अलिकति माथि डाँडाको टुप्पामा बालात्रिपुरासुन्दरी देवीको मन्दिर छ । यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ भन्दछन् । यसै सङ्गमस्थलबाट भेरी नदीको सुरुआत हुन्छ ।

धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरुपी देवीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनकासुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ । विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् । यो मन्दिर नेपालमा रहेका त्रिपुरासुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो । ‘त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको अङ्ग पतन भएको ठाउँ र दशमहाविद्या समेत उत्पत्ति भएका कारण मन्दिरको अझ बढी महत्व रहेको इतिहासका जानकार रविप्रसाद न्यौपानेले बताउनुभयो ।

स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अङ्ग (ढाड) पतन भएको शक्तिपीठका रुपमा यसलाई मानिन्छ । यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ । सतीदेवीको अङ्ग पतन भएपछि शक्तिस्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ती रहेको न्यौपानेले बताए ।

सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकामा डोल्पाका पनि तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा नयाँ पर्यटकीय गन्तव्यभित्र डोल्पाका तीनवटा सम्पदा परेका थिए ।

नेपालकै ठूलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, देशकै गहिरो फोक्सुन्डो ताल, सुलिगाड झरना, सयौँ वर्ष पुराना बुद्धमूर्तिहरु रहेको शे–गुम्बा, विश्वको सबैभन्दा अग्लो मानवबस्ती रहेको धो उपत्यकालगायतका चर्चित प्राकृतिक सम्पदा पनि यसै निकुञ्जभित्र पर्दछन् । अर्को गन्तव्यको रुपमा हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र त्रिपुरासुन्दरी मन्दिर सूचीकृत भएको थियो । शे–गुम्बा, संसारकै अग्लो मानवबस्ती तिन्जे गाउँ, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्रलगायतका दर्जनौँ चर्चित पर्यटकीय सम्पदाका साथै ५ हजार मिटरभन्दा अग्ला दर्जनौँ हिमाल पनि डोल्पामा पर्दछन् । डोल्पामा सबैभन्दा धेरै फोक्सुण्डोबाट शे गुम्बा हुँदै धो तराप उपत्यका भएर पदयात्रा गर्नेको सङ्ख्या बढी छ । – रासस


Spread the love
Previous Post

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

Next Post

शिक्षामन्त्री पौडेललाई काेराेना संक्रमण पुष्टि

सम्बन्धित समाचार

छथर गाउपालिकाको लोकप्रीय कार्यक्रम ।
कोशी प्रदेश

छथर गाउपालिकाको लोकप्रीय कार्यक्रम ।

२०७८ पुष २६, सोमबार २१:०८
पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।
कोशी प्रदेश

पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।

२०७८ पुष २६, सोमबार २१:०८
दमक भ्युटावरप्रकरण अख्तियारमा उजुरि
कोशी प्रदेश

दमक भ्युटावरप्रकरण अख्तियारमा उजुरि

२०७८ पुष २६, सोमबार २१:०८
संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।
जीवनशैली

संविधानबाट धर्मनिरपेक्षता हटाऔ,शशांक कोईराला ।

२०७८ पुष २६, सोमबार २१:०८
नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल
अन्तर्राष्ट्रिय

नेपाली रास्ट्रीय महिला फुटबल स्टार सावित्री कुमारी साम्बाले लाओस बिरुद्द ५ गोल

२०७८ पुष २६, सोमबार २१:०८
सहायक रथि रबिन्द्र खत्री नेपाली सेनाका उपरथिमा बढुवा भएका छन ।
जीवनशैली

सहायक रथि रबिन्द्र खत्री नेपाली सेनाका उपरथिमा बढुवा भएका छन ।

२०७८ पुष २६, सोमबार २१:०८
Next Post
शिक्षामन्त्री पौडेललाई काेराेना संक्रमण पुष्टि

शिक्षामन्त्री पौडेललाई काेराेना संक्रमण पुष्टि

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!