मदन भट्टराई, कमल । झापाको कमल गाउँपालिका वडा नं. २, भुत्लुङ्गमा अवस्थित ज्योति माध्यमिक विद्यालयको आफ्नो ५५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाउने भएको छ ।
उक्त कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री माननीय विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यता तथा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले लगायतको उपस्थिति रहनेछ भने राष्ट्रिय कलाकार सिताराम ताजपुरीया, एल.पि. जोशी तथा बाल कलाकार रियाज रिजालको समेत प्रस्तुति रहने विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले बताए ।
विगतमा दिनहरुमा पनि यस्तै विभित्त कार्यक्रम गर्दै आएको यस विद्यालयमा यस वर्षको कार्यक्रम यही पौष १७ गते शनिबारका दिन ठिक १० बजेबाट विद्यालयको परिसरमा हुने विद्यालयका सुचना तथा सञ्चार विभाग प्रमुख शिक्षिका पूजा श्रेष्ठले बताउनु भएको छ ।
यस वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमहरु समेत गरिएको छ भने खेलकुद सप्ताह कार्यक्रम समेत सुरु गरिएको खेलकुद विभाग संयोजक शिक्षक प्रकाश धिमालले बताए ।
















Discussion about this post