जय कुमार राई, कमल । झापाको कमल गाउपालिका वडा नं. ४, मगर चोकमा शान्तिपुर पाथीभरा बाल कलबका बालबालिकाहरुलाई खुशी राखौ बालबालिकाको मुहर, बालमैत्री कमल समृद्धिको आधार भन्ने नाराका साथ बालमैत्री स्थानीय शासनका सेवा बारे एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा कमल ४ भरीका अबिभावक लगायत बालबालिकाहरुको आम भेलाका साथ टोल बिकास सस्थाका अध्यक्ष नवीन राईको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ। साथै कार्यक्रमा प्रमुख अतिथिका रुपामा वडा नं. ४, का वडा जनप्रतिनिधि बेदनिदी पोखरेल रहनु भएको थियो भने प्रशिक्षकका रुपमा लक्ष्मी दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कमलमा बालमैत्री गाउँपालिका बनाउनुका लागि विभिन्न वडामा रहेका बालक्लबहरुद्धारा विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दैआएका छन् ।

















Discussion about this post