दमक – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा न ६ मा निर्मित गोल्डेन गेट प्रवेशद्धारको आज उद्घाटन गरेका छन् ।
वडा कार्यालयको रु १५ लाख र स्थानीय जनसहभागिता गरि कुल रु २१ लाख रुपैयाको लागतमा निर्मित प्रवेशद्धारको उनले एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।
प्रवेशद्धार निर्माण गर्न स्थानीय नन्दीकेशर अधिकारीको संयोजकत्वमा ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । उक्त समितिले छ महिना लगाएर पूर्वकै आर्कषक प्रवेशद्धार निर्माण गरिएको संयोजक अधिकारीले बताए ।
Discussion about this post