जय कुमार राई, पुष ९, २०७८, दमक । झापाको दमक–४ स्थित कृष्ण मन्दिर चौकमा सेभेन ग्राफिक स्टुडियोले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।
सानै उमेरमा विभिन्न संघसंस्थामा आवद्ध रहेर आफूले जानेका कुरा व्यवहारमा उतार्नु पर्छ भन्ने उद्देश्यका साथ दमकमा सुविद्या सम्पन्न ग्राफिक डिजायनको आवश्यकता देखेर यस सेभेन ग्राफिक स्टुडियो सञ्चालनमा ल्याउने २४ वर्षिय युवा हुन् आकास अधिकारी । उहाँ हाल सम्म आफ्नो लगानी गरेर आवद्ध हुनुभएका संस्थाहरु हाम्रो फाउण्डेसन, पाथिभरा अग्रेजी माध्यमिक विद्यालय, शुभागमन कृषि सहकारी संस्था, साथै हाल डिपिएल युथ टिम दमकका वरिष्ट उपाध्यक्ष समेत रहेका छन् ।
उक्त ग्राफिस स्टुडियोमा स्टाम, लोगो, थ्रिडी बोर्ड, फ्लेक्स स्टिकर, फोटो, भिडियो मिक्सिन आदि काम गर्न सञ्चालक अधिकारीले बताएका छन् ।
Discussion about this post