बुटवल । बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सुचना जारी गरी मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ ।
सडक चौडा बनाउन पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सो अवधीमा बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म राति ९:३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ।
Discussion about this post