दमक । भाटभटेनी सुपरमार्केटले हेटौंडामा आफ्नो २०औं शाखाको उद्घाटन गरेको छ ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार नयाँ शाखाको हेटौंडामा उद्घाटन गरेका हुन् । एक अर्ब ५० करोड बढी लागतमा नयाँ शाखाको निर्माण गरिएको गुरुङले जानकारी दिए । उनका अनुसार १५० जनालाई रोजगारीको अवसर प्रदान गरिएको छ । भाटभटेनीले यसअघि १९ औं शाखाका रूपमा इटहरीमा सञ्चालनमा ल्याइसकेको छ ।
Discussion about this post