चन्द्र राई, १५ मंसिर, २०७८, काठमडौ / रास्ट्रीय ख्रीस्टिय महासङ्घले नेपालमा रहेका अल्पसङ्ख्यक समुदाय र नेपाल सरकार बिच भएको सहमति ३ बुदे तथा ६ बुदे सम्झौताको बारे नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्रमा मङ्सिर १४/२०७८मा जिल्ला अदालत डोल्पाले धर्म प्रचार गरेको अभियोग लगाउदै पास्टर केशव आचार्यलाई २ बर्ष जेल बीस हजार रुपैया जरिमान गराउदै जेल चलान गरेको र उहाको तत्काल रिहाईको लागि आवस्यक पहल गरिदिनका लागि समेत अनुरोध गरिएको छ ।
सो ज्ञापन पत्र बुझ्दै नेपाल सरकारका सम्माननिय प्रधान मन्त्री शेरबहादुर देउवाले ख्रीस्टियनहरुको जायज मागहरुको आफू जानकार रहेको साथै बर्सेनि दिईदै आएको ख्रीस्टमास बिदाको लागि सार्बजनिक बिदा कायम गर्ने र अरु मागहरुको लागि विशेष पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ
उक्त ज्ञापन पत्र नेपाल रास्ट्रीय ख्रीस्टियन महासङ्घका अध्यक्ष सिबि गहतराज तथा महासङ्घका प्रतिनिधि मन्डलले बुझाएका थिए ।
Discussion about this post