२९ असार २०८३
दमक,
रोटरी क्लब अफ दमकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार डिकेन्द्र बस्नेतलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ।
क्लबको १५औँ पदस्थापन समारोहका अवसरमा आयोजित कार्यक्रममा बस्नेतलाई उषा चापागाईं फाउन्डेसन–रोटरी दमक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। सम्मानस्वरूप उनलाई दोसल्ला, फुलमाला, खादा, सम्मानपत्र तथा नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो।
दमक–५ निवासी बस्नेत २०७२ सालदेखि पत्रिका तथा रेडियो पत्रकारितामार्फत सञ्चार क्षेत्रमा सक्रिय छन्। हाल उनी समाजवादी प्रेस संगठन झापाका जिल्ला उपाध्यक्ष तथा अनलाइन समाचार पोर्टल दमक टाउन डटकम का सञ्चालकका रूपमा कार्यरत छन्।
रोटरी क्लब अफ दमकले पत्रकारिता माध्यमबाट रोटरीका सामाजिक, सेवामूलक तथा व्यावसायिक गतिविधिहरूलाई प्रभावकारी रूपमा जनसमक्ष पुर्याउन बस्नेतले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाएको छ।
कार्यक्रममा रोटरी क्लबका पदाधिकारी, रोटरीकर्मी, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।















Discussion about this post