पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल पहिलो नेपाली महिला हुन्।
उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गर्न सफल भएकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो ।
सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन्। उनको जन्म सोलुखुम्बु जिल्ला को चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भयाको थियो।
पिता फूर्वा कितार शेर्पासंग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकी थिइन्। दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९ मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकी हुन्। सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्कोमा असफल भइन।
पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ। सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो।
उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ।
२०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन। आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो।
मृत्यु पश्चात् पासाङलाई ‘सुप्रदिप्त मान्यवर नेपाल तारा’को विभूषण मिल्यो। उनको तस्वीर अङ्कित हुलाकटिकट प्रचलनमा ल्याइयो।
पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई ‘पासाङ ल्हामु चुली भनि नामाकरण गरियो ।














Discussion about this post