मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

दमक पोष्ट by दमक पोष्ट
२०८३ बैशाख ८, मंगलवार ०८:०५
in समाचार
0
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

Screenshot

161
SHARES
504
VIEWS
Spread the love

८ बैसाख २०८३ काठमडौ

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् ।

 

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।

परम्पराको सुरुवात

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।

रथयात्रा गराउने परम्परा

रथको धःमाको अधिल्तिर राखिने भैरवको मुकुट पुनर्निर्माण गरी जात्रा गरी ल्याएको (दिन २०६९ भदाै १९ गते)

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ ।

नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ ।

ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ । विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्तीपश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ ।

यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ । यस प्रकारले मनाउने मत्स्येन्द्रनाथको जात्राको सुरूआत र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भन्ने कथन अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ ।

यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बु·मतीमा राखेर श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे । पाटनबाट दक्षिणायण उक्त ठाउँ बु·मती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु·मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि छ । तर जयदेव द्वितीयको संवत्, १५७को पशुपतिको अभिलेखमा तिनलाई कामरूप विजय गर्ने भनी वणिर्त छ । जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजीक देखिन्छ ।

सम्भवतः वि.सं. १६७८मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बु·मतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ । रातो मत्स्येन्द्रनाथको स्थानान्तरण गरिएको प्रमाण स्वरूप मार्गशीर्ष योमहि्रः पुन्ही र पाटनको म·लबजारमा गाइने मेघः मल्हार राग र श्री करुणामय बुंगद्यबाट बुझ्न सकिन्छ । मत्स्येन्द्रनाथ बु·मतीबाट पाटनमा ल्याइँदा चौधौं शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल)को मन्दिरमा राखिन्छ र पाटनबाट बु·मती लैजाँदा सहरबाट अलि पर रहेको ज·लमा अवस्थित चौधौं शताब्दीतिरै बनाइएको शिखर शैलीको मन्दिरमा राखिन्छ । नेपालमा रातो मत्स्येन्द्रनाथबाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन् ।

त्यस अन्तर्गत काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन् । त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र किर्तीपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन् । पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन् । नालाको करुणामयको रथयात्रा ४/५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथयनत्रा गराइँदैन । अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ । बाह्र वर्षे मत्स्येन्द्रनाथ जात्राको समयमा बु·मतीमा रथ निर्माण गरी त्यहीँबाट रथ तानेर ल्याई ललितपुर नगरको साबिक बमोजिम परिक्रमा गराई सो रथलाई पुन बु·मतीमै पुर्‍याई समाप्त गरिन्छ ।

यो रातो मत्स्येन्द्रनाथ रथयात्रा सो समयमा दुई पटक पाटन जावलाखेल र बु·मतीमा भोटो देखाई समाप्त गरिन्छ । सो नियम सम्बन्धमा नेपाल संवत् ८५२मा लेखिएको ठ्यासफुमा उल्लेख भएको छ । मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित रही एउटै परब्रहृमाको रूपमा मानिएका छन् । उक्त कुरा नेपाल संवत् ७९२को सुवर्णपत्रमा नेपालका प्रख्यात कर्णाट राजा श्री श्रीनिवास मल्लद्वारा ललितपुर बु·मती स्थित मत्स्येन्द्रनाथ मन्दिरको प्रवेशद्वारमा प्रतिस्थापित भएबाट प्रष्ट हुन्छ । यिनको उल्लेख ई.सं. १०१५को अभिनवगुप्तकृत तन्त्रालोकमा “तन्मे स मच्छेन्द्रविभू”को रूपमा मत्स्येन्द्रनाथको बारेमा वर्णन पाइन्छ ।

पर्वतिया वंशावलीमा पनि अनावृष्टिको कारण मत्स्येन्द्रनाथ कामरूपमा अवस्थित भएको कुरा स्पष्ट रूपले उल्लेखित छ । गोपालराजवंशावलीमा “संवत् ५०७ वैशाष शुदि ४ श्री जयस्थितिराज मल्लदेव ठाकुरस त्रियपुत्र सहन वुगय यात्रा विज्याङ दिन १४ …” भनी वर्णन गरेबाट १४ औं शताब्दी राजा श्री जयस्थिति मल्लले शरद ऋतुमा गरिने मत्स्येन्द्रनाथ जात्रालाई वसन्त ऋतुमा सञ्चालन गरिने परम्परा चलाएको अनुमान हुन्छ । नेपालको रथजात्रामध्ये सबैभन्दा ठूलो रथजात्रा व्यवस्थित र धेरै गुठी जग्गा भएको यस मत्स्येन्द्रनाथ जात्रामा बाहुन पूजारीले गौदानसहित शान्ति स्वस्ती गर्दछन् भने वज्राचार्यद्वारा हवन गरिन्छ ।

शाक्यद्वारा पूजाआजा गर्दछन् र ज्यापु समुदायले रथ तान्ने कार्य गर्दछन् । जात्राको अघिल्लो राती बाहुन क्षेत्री महिला लगायत अन्य जातका महिलाले पनि बत्ती जगाउने काम गर्दछन् । रथजात्रा नुगःमा ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले चलाएको र उनले नुगःटोलको विकास गरी नेपालसंवत् ७८१ -वि.सं. १७१८) देखि चलाएको मुनीन्द्ररत्न वज्राचार्यले ‘नेपालका चार प्रसिद्ध करुणामय लोकेश्वर’ पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा नुगःमा मत्स्येन्द्रनाथको ‘त्वाय् -मीत)’ रहेकाले उनलाई भेट गराउन लगेको भन्ने पनि उल्लेख छ । संस्कृतिविद् हरिराम जोशीले बुङ्मतीमा मत्स्येन्द्रनाथ मन्दिरको मूलद्वारमा ललितपुरका राजा श्रीनिवास मल्लले नेपाल संवत् ७९२मा राखेको सुवर्णपत्रमा ‘मत्स्येन्द्र योगिना मुख्या’ भनी संस्कृत भाषामा श्लोक लेखिएको उल्लेख गर्दै भने, ‘मत्स्येन्द्रनाथ योगीहरूका मूख्य देवता हुन् ।

त्यसैले आश्विन कृष्णद्वादशी वा त्रयोदशीका दिन कानफट्टा योगीहरू मत्स्येन्द्रबहालमा आई रोटी दान गर्ने चलन चलेको हो ।’ ३२ हात अग्लो, ३२ हात लामो र ३२ तलाको रथ अनि गुडाउने पाङ्ग्राको परिधीसमेत ३२ हातकै हुने पुरानो बास्तुकलाको नमुना र जिवित सम्पदा मानिने रातो मच्छिन्द्रनाथको रथलाई हरियो धुपीले सजाएर घुमाइन्छ । यति अग्लो रथ पल्टिए वा भाच्चिए अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । तीन वर्षअघि(वि स्ं २०६६) रथ भाच्चिएका कारण शुरुदेखि निर्माण गर्नुपरेको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी टोल चक्रबहिलनेरबाट लगनखेल पुर्‍याइए पछि राति रथअगाडि एक/एकवटा राँगा, बोका, जिउूदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ र ३२ पानेजूद्वारा पञ्चरक्षाको पाठ पनि गरिन्छ । भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोल तर्फ चलाउनु अघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ ।

रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउू पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसालेको भोलिपल्ट बिहान सबेरै ‘याकःमिसा भूजया’ भनी महिलाहरूले मात्र रथलाई तानेर त्यहाँबाट अलिपर थतीको चौबाटोमा पुर्‍याउूछन् । नरिवल खसाल्ने दिनमा नै मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । तोकिएको दिन कुलदेवता पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिरमा मत्स्येन्द्रनाथसहित बराहीको देवाली पूजा गरिन्छ । त्यसै दिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेलतर्फ रथ तान्ने साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ ।

साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पुयाइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍याइनेछ । मीननाथलाई तानेर चक्रबहिलमा पुर्‍याएपछि पुल्चोकमा रथारोहण गराई सुरु गराइएको मत्स्येन्द्रनाथको रथयात्रा समापन हुन्छ । मत्स्येन्द्रनाथको महास्नान सकिएपछि तःबहालमा दसकर्म गरी नामकरण संस्कार गर्दा आर्याअवलोकितेश्वर भनी नामकरण गरे तापनि जनजिब्रोका करुणामय, रक्तावलोकितेश्वर, लोकनाथ, पद्मपाणि बुंगम लोकितेश्वर आदि विभिन्न नामबाट पुकारिन्छ । तर नेवार समुदायमा भने ‘बुंग द्यः’ नामबाट लोकपि्रय भएका छन् ।


Spread the love
Previous Post

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

सम्बन्धित समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८३ बैशाख ८, मंगलवार ०८:०५
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८३ बैशाख ८, मंगलवार ०८:०५
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८३ बैशाख ८, मंगलवार ०८:०५
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८३ बैशाख ८, मंगलवार ०८:०५
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८३ बैशाख ८, मंगलवार ०८:०५
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८३ बैशाख ८, मंगलवार ०८:०५

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!