यदि कार्यालयमा बिचौलियाको प्रवेश भएको वा सरकारी स्रेस्तामा उनीहरूको पहुँच पुगेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर्याएर कारबाही गरिने विभागको पत्रमा उल्लेख छ।
जग्गा प्रशासनसँग सम्बन्धित कार्यालयहरूमा विभिन्न बहानामा बिचौलिया प्रवेश गर्ने र अत्यन्तै गोप्य तथा संवेदनशील कागजातमा अनियन्त्रित पहुँच राख्ने गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
विभागको निर्देशनअनुसार अब सबै कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्नेछ। वास्तविक सेवाग्राहीले भने आफ्नो निवेदन वा परिचय खुल्ने कागजात देखाएर मात्र कार्यालय प्रवेश गर्न र सहज रूपमा सेवा लिन पाउनेछन्।
नयाँ नियमलाई कडाइका साथ लागू गर्न र आम नागरिकको जानकारीका लागि अविलम्ब सूचना पाटीमा टाँस गर्नसमेत विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।















Discussion about this post