१७ असार २०८२ ललितपुर।
- दुईदिने ख्रीस्टियन मिडिया कार्यशाला गोस्टी २०८२ मङ्गलबार सम्पन्न भएको छ ।ख्रीस्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ) को आयोजना तथा सुन्दर ढोका साथीसेवाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई समेट्ने उद्देश्यले ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटलमा उक्त कार्यशाला गोस्टी सम्पन्न भएको हो ।


बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई हाल समाजमा भिन्नै ढंगले व्यवहार गर्ने गरेकोले त्यसमा सुधार हुनुपर्ने उहाँहरुले बताउनुभयो।
जसअन्तर्गत चर्चमा मानिसहरुले बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई निको पार्दिन्छु भनेर प्रार्थना गर्ने, अस्पताल लगेर उपचार गराउने, चिच्यायर बोल्ने लगायतका व्यवहारहरुले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मानमाथि ठेस लाग्ने भएकाले त्यस्ता व्यवहार नगर्न आह्वान समेत गर्नुभयो ।
त्यसैगरी कार्यशालाको पहिलो दिनमा अधिवक्ता तेजेन्द्र बुढाले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधानका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यशालाको दोस्रो दिन प्रेस काउन्सील नेपालका कार्यसमिति सदस्य श्री सन्त राम विडारीले पत्रकारको आचारसंहिताका बारेमा प्रस्तुती दिनुभएको थियो । जस अन्तरर्गत पत्रकारले अपाङ्गता भएका व्यक्तिहरुको विषयमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा चर्चा गर्नुभएको थियो ।
असार १७ गते देखि १८ गते मङ्गलबार दुईदिनसम्म सन्चालन भएको उक्त गोस्टिमा देशभरिका ख्रीष्टियन आस्थाका पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ) ले उक्त कार्यशाला मार्फत पत्रकारको क्षमता अभिवृद्धि हुनुका साथै अपाङ्गता भएका व्यक्तिहरुको सवालमा पत्रकारीताका माध्यमबाट सशक्त ढंगले पैरवी गर्नेमा विश्वस्त रहेको सिजेएफका सचिव निरोज तोलांगेले बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै राष्ट्रिय मण्डली संगती नेपालका अध्यक्ष हनोक तामाङले उक्त कार्यशाला पत्रकारहरुका लागि निकै फलदायी हुनेमा आशावादी रहेको बताउनुभयो।













Discussion about this post