नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन्।
अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनले बताए । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने धारणा राखे।
श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । उनले भरतपुरको विकास क्रान्तिकारी ढंगले भएको भन्दै भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रसंसा गरे।
Discussion about this post