२४ पौष २०८१ काठमडौ ।
माओबादी केन्द्रको उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीति प्रस्तावको समर्थन गरेका छन् ।
मंगलबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै गजुरेलले प्रचण्डको राजनीति प्रतिवेदनको समर्थन गरेका हुन् ।
उनले भने- राइटबाट लेफ्टतिर गएको दस्ताबेज छ। कमरेडको दस्ताबेज राम्रो छ, माओवादी धारा एक ठाउँमा आउँदा मात्र विचारको बहस राम्रो हुन्छ। नत्र अहिलेको जस्तै गोलचक्कर हुन्छ ।
यस अघि गजुरेलले पार्टीभित्र फरक मत राख्दै आएका थिए। तर यो बैठकमा उनले प्रचण्डलाई समर्थन गर्दै आफ्नो पुरानो अडानलाई त्यागेका हुन्। यद्यपि बैठकमा बोल्ने क्रममा गजुरेलले प्रचण्डको बोलाई र गराई फरक देखेको भन्दै आलोचना गरे ।
Discussion about this post