२२ पौष २०८१ दमक ।
झापा ईशाई समाजले आफ्ना ऎतिहासिक प्रतिनिधि सम्मेलन मार्फत ईशाहाक सिन्चुरिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिती छनौट गर्दै झापा ईशाई समाज प्रतिनिधि सम्मेलन सम्पन्न गरेको छ ।
दमक ५ मा रहेको ऎतिहासिक मन्डली ज्योती चर्चमा सम्पन्न भएको उक्त प्रतिनिधि सम्मेलनमा झापा भरिका करिव १४ वटा ईलाका ईशाई समाजका प्रतिनिधिहरुले सम्मेलनमा आफ्ना उपस्थिति जनाएका थिए ।
झापा ईशाईसमाजका निर्वाचन समिती संयोजक पास्टर राजकुमार राईका अनुसार प्रतिनिधि सम्मेलनले अध्यक्ष तथा कोशाध्यक्ष निर्वाचन मार्फत बिजय गराईएको र बाकी अन्य सबै समिती सद्स्यहरु भने सर्वसम्मत मार्फत समिती चयन गरेको जानकारी संयोजक राईले गराए ।
झापा ईशाईसमाजको पुर्ण समिती —
अध्यक्षः- पा. डम्बर ब. विश्वकर्मा ।
उपाध्यक्षः- पा.लाल बा. दर्नाल ।
सचिवः- ए. तारा प्रसाद दाहाल ।
सहसचिवः- धन कुमार बेघा ।
कोषाध्यक्षः – रञ्जना श्रेष्ठ तामाङ ।
सदस्यः-
सीता पोखरेल ।
पदम पुलामी ।
काजीमान पन्धाक ।
गंगा प्रसाद आङबो ।
दीपा राई ।
इसहाक गजमेर
कार्यक्रमका प्रमुख अतिथी कोशी १नम्बर प्रदेश ईसाई समाजका उपाध्यक्ष पाः आकाश थुलुङ, रहनु भएको उक्तकार्यक्रम्मा धर्मशास्त्रबाट शक्तिशाली वचन समाजको एकताको बिषयमा रेभः दानियल सुब्बाले राखेका थिए ।कार्यक्रमको अध्यक्षता कोशी १ नम्बर प्रदेश का जेष्ठ साथै वरिष्ठ सल्लाहकार रेभः एन.डी. थुलुङ, राईले गर्नुभएको थियो ।
निर्वाचन समितिका संयोजक पाः राजकुमार नाछिरिङ, राईको संचालन रहेको कार्यक्रमको अन्त्यमा सबै निर्वाचित सदस्यहरुलाई खदा अर्पण साथै सफल कार्यकालको शुभकामना तथा बधाई निर्वाचन समितिको तर्फबाट निर्वाचन समितिका सह-संयोजक एनोश गजमेरले दिनुभएको थियो ।
Discussion about this post