४ मङ्ग्सिर २०८१ काठमडौ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलीय संयन्त्रको बैठक बालुवाटारमा चलिरहेको छ।
बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलगायत विषयमा कुराकानी भइरहेको बताएको छ । जारी बैठकमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र कांग्रेस-एमालेबाट संयन्त्रमा रहेकाहरू सहभागी छन्।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् ।
साथै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन् ।
Discussion about this post