२९ कार्तिक २०८१,
पोखरा :गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेको गौचन म्याग्दीकी हुन् ।
कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षत्रीले काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा गए राति साढे १२ बजेतिर निधन भएको जानकारी दिए ।
उनलाई डेंगी भएको थियो । काठमाडौँमै रहेको उनलाई राति असहज भएपछि अस्पताल लगिएको र हृदयाघात भएको चिकित्सकलाई उदधृत गर्दै आफन्तले जनाएका छन्
तिहारअघि उनी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको त्रिवेणी कोरला सडकको उपल्लो खण्डको अवलोकनका लागि कोरला गएकी थिइन् ।
त्यसअघि दशैंताका दामोदर कुण्ड गएका बेला लेक लागेर अलपत्र परेकी उनलाई नेपाली सेनाले उद्दार गरेको थियो ।
उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्टि गरिने पारिवारिक सोतले जनाएको छ ।
गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।
Discussion about this post