२ कार्तिक२०८१ विर्तामोड,
झापाको बिर्तामोड भद्रपुर सडक खण्डको बिर्ता बजारमा सवारी दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु भएको छ।
भारत बहादुरगञ्ज घर भई विर्तामोड-३ सैनिक मोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
बनियानीबाट बिर्ता बजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको ‘हात्ति’म्याजिक गाडीले पैदलयात्रा गरिरहेका पानवारीलाई ठक्कर दिएको थियो ।
बिर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।
उनलाई ठक्कर दिने गाडीका चालकलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post