१६ असार २०८१ झापा ।
झापाबाट एसईई परिक्षा दिनेहरु मध्ये एकमात्र छात्राले यसपटक जीपीए ४ प्राप्त गरेकी छन् ।
बिहीबार सार्वजनिक भएको नतिजाअनुसार झापाको दमकस्थित सिद्धार्थ बोर्डिङ स्कुलकी छात्रा कुसिका बस्नेतले जीपीए ४ ल्याएकी हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार जीपीए ४ नतिजा ल्याउने बस्नेत जिल्लाकै एक्ली छात्रा हुन् । बस्नेत सानैदेखि मेधावी विद्यार्थी रहेको स्कुल प्रशासनले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार झापामा कुल १५ हजार ५ सय ६२ विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
जसमा ७ सय ४६ विद्यार्थीले जीपीए ३ दशमलव ६० ल्याए । एकले मात्रै जीपीए ४ ल्याइन् ।
२ हजार ४ सय ५४ विद्यार्थीले जीपीए ३ दशमलव २० देखि ३ दशमलव ६० ल्याए ।
२ हजार ९ सय ७२ ले जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० ल्याए ।
१ हजार १ सय ३ जनाले जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याए ।
४५ जनाले जीपीए २ देखि २ दशमलव ४० ल्याए । ८ हजार १ सय ३७ जनाले एनए/एनजी ल्याए ।
Discussion about this post