२१ जेस्ठ २०८१ धनगढी ।
अत्तरियाको एक होटेलबाट लागू औषध ब्राउन सुगर सहित ५ जना मानिसहरु पक्राउ परेका छन ।
१८ शुक्रबार गोदावरी नगरपालिका-२ बसपार्क
रोडस्थित डोटी बैतडी होटलको कोठामा लागुऔषध
सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका
हुन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२
अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३०
वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत बाग रहेका
छन् ।
गोदावरी-३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका-७ का ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट ९४० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post