४ बैशाख २०८१ काठमडौ ।
संघिय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ ।
बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध को कारण साम्सद चल्न सकेन । आज शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
बिहीबार कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि संसदमा तनाव उत्पन्न भएको हो । आज पनि संसद्मा अवरोध जारी रहने कांग्रेस निकट स्रोतले बताएको छ ।
हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संसद अवरोध गर्दै आएको छ ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेपछि बैठक स्थगित भएको थियो । यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
पछिल्लो समय संविधान सभा छानबिन समितिको बिषयलाई लिएर दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको ।
Discussion about this post