२२चैत्र२०८० झापा ।
झापाको बाह्रदशी वडा न:१मा आज बिहान करिब ६:२० बजेको समयमा परपुरुष सङ्ग लागेको भन्दै एक पुरुषले आफ्नै श्रीमतिको खुकुरी प्रहार गरि हत्या गरेकाछ्न ।
भर्खर बिदेशबाट फर्केका बर्ष ३३का देवनारायण राज वँशिले परपुरुषसङ्ग लागेको भन्ने बिषयलाई लिएर बिबाद हुदा बाह्र दशी गाउपालिका वडा न:१ स्थायी घर भएका बर्ष ३३ कि ममसा राजबँशिको हत्या गरेका हुन ।
घटना पछि खुकुरी सहित राजवँशिलाई ईलाकाप्रहरी कार्यलय राजघटले नियन्त्रणमा लिएको छ ।स्थानियका अनुसार देवनारायण राजवँसि रोजगारिका लागि ओमन गएर फर्केका थिए ।राजवँसि बिदालिएर फर्केको ४ दिन मात्रै भएको थियो ।
मृतक ममसरी दिब्यज्योति माध्यमिक बिधालय राजघटमा शिक्षण पेशामा थिईन ।
Discussion about this post