Ōचैत्र २१/२०८० गौरादह ।
झापा गौरादहको दुई सहकारी संस्थामा एकै पटकमा गएरात तोडफोड र चोरी भएको छ ।
गौरादह वडा न.५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी कार्यलयमा तोडफोड गरि चोरी भएको हो ।त्यस्तै गौरादह वडा न:५ कै चप्रामारिमा रहेको महारानि झोडा सहकारीमा पनि गए राती नै चोरी भएको हो ।घटना बारे जानकारी प्राप्त भएपछी प्रहरी टोलि परिचालन गराईएको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।
गत चैत्र ५ गते राती गौरादह ९ बैगुन धुरा शुभ लक्ष्मी बचत तथा सहकारी सस्थामा पनि चोरी भएको थियो त्यस्तै केही दिन अघि हाम्रो नेपाल बचत तथा रिण सहकारी संस्था हल्दिबारिको मंगल्बाबारे शाखामा चोरी गर्ने प्रयास भएको थियो भने त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४ साना किसान कृषि सहकारी सस्था हल्दिबारी ४,एकता बहुउद्देश्य सहकारी संस्था हल्दिबारी लगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।
गत फागुन १० गते जिल्लाका विभिन्न सहकारी कार्यलयहरुमा लगातार चोरी भैरहेको र तोड्फोडको घट्ना प्रती झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यलय को ध्यानाकर्षण गराका थिए ।
Discussion about this post