झापा१८चैत्र२०८० ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । ईन्डियन आयल कर्पोरेसनबाट प्राप्त नया मुल्य शुचि अनुसार नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको नया मूल्य शुचि सार्बजनिक गरेको हो ।
उक्त मूल्य सुचिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु ४:७६ पैसाले बढेर भारतवाट आएकोले नेपाल आयल निगमले पनि सोही अनुरुप पेट्रोलको मूल्य वृद्धि गरेको हो ।
जस अन्तर्गत पहिलो बर्गको पेट्रोलको मूल्य प्रतिलिटर रु१७२.५० पैसा र दोस्रो बर्गको पेट्रोलको मूल्य रु१७४ रुपैया प्रतिलिटर तथा तेस्रो बर्गको पेट्रोलको मुल्य रु१७५ प्रतिलिटर मूल्य निर्धारण गरेको हो ।
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य शुचि आजराती १२ बजे देखि नै लागु हुने समेत जानकारी गराएको छ ।
अन्य मट्टितेल ,एल्पि ग्यास हवाई ईन्धनको मुल्य भने यथावत रहेको आयल निगमले जनाएको छ ।
Discussion about this post