दमक, चैत्र ४, नेकपा माओवादी केन्द्रले दमक को वडा न. १ र १० को दोश्रो वडा सम्मेलन सम्पन्न गरेको छ ।
दमक वडा न. १ मा सम्पन्न सम्मेलनले प्रेम बहादर बेघाको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी चयन गरेको छ। उक्त वडा कमिटीको उपाध्यक्षमा राज कुमार लिम्बू, सचीव राज कुमार राइ, सहसचिव डिक बहादुर लिम्बू र कोषाध्यक्ष एलिषा बर्देवा लगायत सदस्यहरु सर्वसम्मत चयन गरिएको नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।
सोहि दिन भएको दमक वडा न. १० को सम्मेलनले टंक प्रसाद न्यौपानेको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ। जस्को उपाध्यक्षमा दुर्गा श्रेष्ठ सचीव दिनेश धिमाल, सहसचिव कुमार भुजेल र कोषाध्यक्ष कुमारि धिमाल लगायत सदस्यहरु रहनु भएको नगर कमिटी उपाध्यक्ष नवराज सुबेदिले जानकारी दिए ।
पार्टीका प्रदेश सचिवालय सदस्य दुर्गा चम्लागाइ श्रीकान्तको प्रमुख आतिथ्य तथा प्रदेश कमिटी सदस्य कर्मा पुलामि, नगर इन्चार्ज बेदु गौतम, पार्टी नेता देउकुमार नेम्बाङ, नगर सह इन्चार्ज शंकर बस्नेत, नगर उपाध्यक्ष नवराज सुबेदि, नगर सदस्यहरु गङ्गा धिमाल, बन्दना नेम्वाङ , २ न. वडा अध्यक्ष अग्नि गजुरेल लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न गरिएको नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए।
Discussion about this post