नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य तथा नेपाल समाजबादी केन्द्रिय महासचिब दिल माया तामाङ(नेरुता)ले आफू साधारण सदस्य समेत नरहने गरि आफुले पार्टी परित्याग गरेको एक बिज्ञापति मार्फत जानकारी दिइएकी छिन।
जारी बिज्ञापति:-
मितिः २०८०/१२/०३
राजिनामा सम्बन्धमा
हाल विश्वमा उत्पीडित जाति, वर्गहरुले आफ्नो मुक्तिको लागि नयाँ नयाँ विचार विकास गरिरहेको कुरा त यहाँलाई सर्वविधितै छ । यस सवालमा ल्याटिन अमेरिकी देशहरुमा त झन छलाङ नै आईसकेको छ । यसरी अगाडि बढ्ने क्रममा बोलिभियाले त आफ्नो देशलाई बहुलराष्ट्रिय राज्यको रुपमा स्थापना नै गरिसकेको छ । उनीहरुले आफनो मार्गदर्शक सिद्धान्तको रुपमा ईण्डिजिनिजम अर्थात स्वदेशवादलाई अगाडि बढाएको छ । अर्थव्यवस्थाको रुपमा सामुदायिक समाजवादको मोडेललाई अगाडि बढाएको देखिन्छ ।
हाल पुँजीवादीहरुले विश्वमै प्राकृतिक स्रोत साधनहरुको अत्याधिक रुपमा दोहन गरेर पृथ्वीको अस्तित्व नै धरापमा पारिरहेको अवस्था छ । यस्तो अवस्थाबाट मुक्ति पाउने नयाँ विचारको खोजी विश्वले नै गरिरहेको देखिन्छ । यस अवस्थाबाट नेपाल पनि पक्कै अछुत रहन सक्दैन र सकेन पनि तसर्थ हाल नेपालमा पनि स्वदेशवाद, वहुलराष्ट्रवाद, सामुदायिक समाजवादको छलफल घनिभूत रुपमा अगाडि बढिरहेको हुँदा म स्वंय पनि उक्त विचारलाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अंगीकार गर्दै विगत केहि समय देखि अगाडि बढेकोले गर्दा म आबद्ध राजनीतिक दल नेपाल समाजवादी पार्टीको हाल चर्किरहेको आन्तरिक अर्न्तरसंघर्षको कुनै पनि पक्षमा नरहेको जानकारी समेत गराउदै आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य र नेपाल समाजवादी तामाङ संघको महासचिव पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।
निवेदक
दिल माया तामाङ (नेरुता )
Discussion about this post