दमक, फागुन २५, नेकपा माओवादी केन्द्र दमक २ न. वडा कमिटिको दोस्रो वडा सम्मेलन अग्नी प्रसाद गजुरेलको नेतृत्वमा गठन गर्दै सम्पन्न भएको छ। दमक २ मा वडा अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा र सचीव लक्ष्मी नेपालको सन्चालनमा सप्पन्न सम्मेलनले आगामि २ वर्षको लागि १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
प्रदेश कमिटी सचिवालय सदस्य दुर्गा चम्लागाइ ( श्रीकान्त) को प्रमुख आतिथ्य, प्रदेश कमिटि सदस्य कर्मा पुलामि, पार्टीका नेता देउ कुमार नेम्वाङ, दमक नगर इन्चार्ज बेदु गौतम, नगर अध्यक्ष रबि बस्नेत लगायतको उपस्थितमा सम्पन्न गरेको हो। सम्मेलनले अध्यक्ष अग्नी गजुरेल , उपाध्यक्ष चन्द्र कुमार राइ, सचीव लक्ष्मी नेपाल, सहसचिव असोक बर्देवा, कोषाध्यक्ष बुद्धि नारायण चौधरी ( मुन्ना) सदस्यहरु हरि न्यौपाने, कुमार भण्डारी, इन्द्रबहादुर धिमाल, पदमलाल सुबेदि, रोहिणि प्रसाद भट्टराई, रत्नमाया पोख्रेल दर्जी, इन्दिरा न्यौपाने, मैना चौहान, मधुकर राइ, देबि चापागाईं, हिमा श्रेष्ठ, उमाकान्त अधिकारी रहनु नव गठित कमिटी सहसचिव असोक बर्देवाले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा बोल्दै नगर अध्यक्ष रबि बस्नेतले अहिलेको आम उपलब्धि दश वर्ष जनयुद्ध र माओवादी आन्दोलनका कारणले भएकोले गणतन्त्रलाइ अझ मजबुत बनाउदै लान माओवादीको विकल्प नरेहेकोले कार्यकर्तालाइ जिम्मेवार भएर लाग्न आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि श्रीकान्तले पार्टीले गरेका राम्रो कामहरुको प्रचार गर्दै कहि कतै खराब भए खबरदारी गर्दै अघि बढ्न निर्देशन गर्नुभयो । साथै अन्य वक्ताहरुले नवगठित कमिटिहरुलाइ शुभकामना दिनु भएको जानकारि कोषाध्यक्ष मुन्ना चौधरीले गराउनु भयो ।
नवगठित कमिटि अध्यक्ष अग्नी गजुरेलले सबै सङ समन्वय गर्दै पार्टीलाइ वडाको १ न. पार्टि बनाउन लाग्ने र सो कार्यको लागि सहयोग गर्न सबैमा अनुरोध गर्दै सम्पन्न भएको सदस्य कुमार भण्डारीले जानकारी दिनु भयो ।
साथै नवगठित कमिटी अध्यक्ष अग्नी गजुरेल सचीव लक्ष्मी नेपाल, निबर्तमान अध्यक्ष जगत श्रेष्ठ , सल्लाहकार पदम धिमालले दमक २ मा बन्दै गरेको सिपिनि सिमसार र त्यहाँ निर्माणाधीन पौडि खेल्ने ठाउको निरिक्षण गरि कार्य सम्पन्न गर्न आफ्नो ठाउँ बाट सहयोग गर्ने बताउनु भयो । सो स्थानमा दमककै गौरवको आयोजना खोला सौन्दर्यिकरण अन्तर्गत काम भइरहेको सौन्दर्यिकरण समिति अध्यक्ष रबि बस्नेतले जानकारी दिनु भयो
Discussion about this post