दमक, २२ फागुन : झापाको दमकमा भाटभटेनी सुपर स्टोरको २७ औं स्टोर शुभारम्भ भोली अर्थात फागुन २३ गते मंगलबार हुने भएको छ ।
दमक नगरपालिका वडा नं. ९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको हो ।
शुभारम्भका अवसरमा आम ग्राहकहरुलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको छ ।
यो स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ्ग स्पेस सहित सन्चलनमा आउन लागेको हो । १ अर्ब ५० करोड बढी लगानीमा सन्चलनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौ स्टोर हो । यस अघि झापाको विर्तामोडसहित कोशी प्रदेशका धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चालनमा आइसकेको छ ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनाएको छ ।
Discussion about this post