मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरु एकै ठाउँमा

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन २०, आईतवार १०:०४
in धर्म संस्कृति, समाचार, समाज
0
पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरु एकै ठाउँमा
177
SHARES
554
VIEWS
Spread the love

– पशुपति परिक्रमा गरेर विश्वशान्ति महायज्ञ सुरु, एक सातासम्म चल्ने
– हिन्दु, बौद्ध, किराँतको महायज्ञ एकै ठाउँमा
– हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ आयोजना गरिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । बुद्ध धर्म सेन्टर साङे छ्योलिङ गुम्बा र किरात साम्यो माङ्सेवासावा नेवाला पान्जुम्भो उपत्यका समितिको सहकार्यमा महायज्ञको आयोजना गरिएको छ । बौद्ध धर्मका गुरुहरुबाट बाजागाजासहित बुद्धको पुजा गरेर मन्त्रजप गरिएको थियो । विश्वमा शान्तिको अग्रदुत गौतम बुद्ध भएकाले विश्वशान्ति महायज्ञमा आफुहरु पनि संलग्नता हुन पाउँदा खुशी रहेको बौद्धिष्ट गुरु सङ्गे लामा बताउँछन् ।

अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो विश्वशान्ति महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोखरेल बताउँछन् । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । एउटा सपना देखियो तर त्यो सपना पुरा गर्न धेरै तनाव, वाधा व्यवधान तथा कठिनाई आईपर्ने रहेछ । तर पनि हिम्मत नहारी कार्यक्रमलाई सफल बनाएरै छोड्ने उनी बताउँछन् । कार्यक्रम व्यर्थै आँट गरिएछ जस्तो लागेको थियो तर भगवानको कृपाले सहयोगी हातहरु बढ्दै गएको र कार्यक्रममा धेरै व्यक्तिहरुलाई जोड्न पाउँदा कार्यक्रम सफल हुनेमा आशावादी रहेको उनको भनाई छ ।

कार्यक्रममा वृन्दावनदेखि नारायणदास (बुलेट बाबा) आएका थिए भने राष्ट्र शक्ति नेपालको अध्यक्ष केशर बहादुर बिष्ट, शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत लगायत व्यक्तिहरुको आतिथ्यता रहेको थियो । हामी सबै फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने आजको समयमा यो कार्यक्रमले सबैलाई जोड्ने प्रयास गरेकोेले धामीझाँक्री संगठनले पनि साथ दिएको राष्ट्रिय संस्कृति संरक्षण तथा सामाजिक, धार्मिक विकास मातृभूमि धामीझाँक्री संगठन नेपालका अध्यक्ष रामहरि विश्वकर्मा बताउँछन् ।

हिन्दु विधिअनुसार सातै दिन श्रीमदभागवत कथा पाठ पारायण, दैनिक हवन, प्रातकालिन पुजा, प्रवचन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने हिन्दु धर्मका गुरु त्रिलोचन सुवेदी बताउँछन् । विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा भएको उनको भनाई छ । दैनिक ६८०४ मन्त्रद्वारा सम्पुर्ण देवीहरुलाई हवन कुण्डमा अवत्रित गराउने तान्त्रिक गुरु सुनिल कुमार वैश्यले बताए ।

किराँत विधिअनुसार कार्यक्रमको सुरुवातको दिन किरात मुन्धुम अनुसार कुसाङ् सेमा अर्थात यो शुन्यता, पन्चतत्व, प्रकृति, मुन्धुम बेदलाई पुज्दै सेवा पुजा अवधीभर कुनै अनिष्ट नहोस् भनेर माङसँग आराधना गरिएको थियो । गुह्येश्वरी नदिमा साक्मुरा वादेम्म्मा (गालिश्राप बहन्ती) त्यसपछी सुम्निसा युमा हिममाङ र थेबाको पुजा पाठ, कुदाप कुई देवी देउरालीको पुजा गर्दै मुख्य इष्टदेवि युमा, हिममाङ र थेबाको सेवा (येकुदिङ साङ्भे) मा पुजा गरिने किराँत गुरु हरि थक्लिहाङ बताउँछन् । त्यसपछि क्रमश येत नाम्धुङ लाधुङसेमी सेवा गरिने र २५ गतेसम्म बिहान र बेलुका दैनिक २ प्रहर निरन्तर येत नाम्धुङ लाधुङ सेमी, १०८ दिप जलन, लाख बत्ती जलन सहित चरु हवन गरिनेछ र २६ गते बिहान कुयाम सेमा गरि बिधिवत महायज्ञ बिसर्जन हुनेछ ।

किरात धर्मको तर्फबाट किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको समिती र पुर्वबाट आमन्त्रित ८ जना बढी किरात माङसेवासाबाहरुबाट विशेष मुन्धुम वाचन हुनेछ । विश्वशान्ती तथा मानव एकताको शंखघोष गर्ने किरात धर्मले चराचर सृष्टीजगत, प्रकृतिको रक्षार्थ मुन्धुम अनुसार निरन्तर भक्ती अनुष्ठान गर्ने गरेको छ ।
नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उनको भनाई छ ।

धर्म धर्ममा विभेद गराएर शीवको भूमीमा फिरिङ्गीका धर्महरु लादेर हामीमाथि विखण्डन गरेर वैदिक सनातन धर्ममाथि प्रहार भईरहेको अवस्थामा यो महायज्ञले विश्वकै निम्ति उदाहरणीय सन्देश दिएको शिवसेना नेपालका चीरण खड्का बताउँछन् । शिवरात्रीको अवसर पारेर फागुन २६ गतेसम्म एक साता कार्यक्रम रहनेछ ।


Spread the love
Previous Post

हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरण- मेयर साहको चरम चलखेल

Next Post

मायालु संग बबिनाको ‘गुनासो’ मायालु संग गुनासो पोख्दै ‘बबिना

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८० फाल्गुन २०, आईतवार १०:०४
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८० फाल्गुन २०, आईतवार १०:०४
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८० फाल्गुन २०, आईतवार १०:०४
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८० फाल्गुन २०, आईतवार १०:०४
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८० फाल्गुन २०, आईतवार १०:०४
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८० फाल्गुन २०, आईतवार १०:०४
Next Post
मायालु संग बबिनाको ‘गुनासो’ मायालु संग गुनासो पोख्दै ‘बबिना

मायालु संग बबिनाको 'गुनासो' मायालु संग गुनासो पोख्दै 'बबिना

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!