झापा, १७ फागुन : झापाको गौरादहमा रहेको गौरादह जेसीजको आयोजनामा भोली फागुन १८ गते शुक्रबार अङ्कुरण विमोजन तथा जेसिज साँझ हुने भएको छ । गौरादह जेसीजको दशक स्मारिका “अङ्कुरण” विमोचनको अवसर पारी जेसीज साँझ कार्यक्रम हुने भएको हो ।
गौरादह नगरपालिका वडा नं.३ स्थित धोबिनिया चोकमा अवस्थित दशमी पार्टी प्यालेसमा उक्त कार्यक्रम हुने भएको हो । सो कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलको समेत उपस्थिति रहने भएको छ ।
कार्यक्रममा नेपालका चर्चित गजलकार प्रदिप रोदन, नाट्य रङ्गकर्मी भरत बर्बरिक, कवि रिता पोखरेल, साहित्यकार तथा कवि खगेन्द्र न्यौपाने, कवि सुजता बस्याल र मनीषा कठायत समेतको रचना वाचनको कार्यक्रम रहेको छ ।
Discussion about this post