मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन ९, बुधबार ११:४७
in समाचार
0
सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन
175
SHARES
548
VIEWS
Spread the love

तनहुँ : तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ ।

सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गर्नुभएको थियो । नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो ।

कार्यक्रममा अतिथिले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाउनुभएको थियो भने एक गजल ‘मनको चाह’ लेखी तत्काल सुनाउनुभएको थियो । यस्तै उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो । गुफाभित्रै कीर्तिमानी डा।उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ गायका सागर अधिकारी ‘शरद’ र गायिका काव्य आचार्यले लाइभ प्रस्तुत गनुभएको थियो ।

यसैगरी डा।उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गर्नुभएको हो । डा.उपाध्यायका अनौठा कार्यलाई यहाँ आउने पर्यटकले रोचक ढंगले हेरिरहेका थिए । काठमाडौंको चाबहिल स्कुलका विद्यार्थीले उक्त कार्यलाई नियालेका थिए । यो गुफामा दैनिक सयौं पयर्टक आउने गर्दछन् ।

पृथ्वी राजमार्गको विमलनगर भन्ने ठाउँबाट आधा घण्टाको पैदल यात्रा गरेपछी यो गुफा पुग्न सकिन्छ । यो नेपालको मात्र नभई एसियाकै ठूलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्वविमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।

मानिन्छ यो गुफामा एक सन्त ‘सिद्ध बाबा’ले ज्ञान प्राप्त गर्नुभएको थियो । कालो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देश विदेशमा छ । यहाँ पुग्ने जोसुकैलाई गुफाले दंग बनाउँछ । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ । विशाल पहाडको काखमा हरियाली वन जंग्लले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।

विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँचजनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो । जिदी खोला किनारको घनाजंगल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।


Spread the love
Previous Post

बाल श्रम अन्त्यका तत्काल काम गर्न आवश्यक छः ग्लोबल प्यानल

Next Post

सुन तोलामा चार सय रुपैयाँले बढ्यो

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० फाल्गुन ९, बुधबार ११:४७
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० फाल्गुन ९, बुधबार ११:४७
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० फाल्गुन ९, बुधबार ११:४७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० फाल्गुन ९, बुधबार ११:४७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० फाल्गुन ९, बुधबार ११:४७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० फाल्गुन ९, बुधबार ११:४७
Next Post
सुनको मूल्य ५ सयले बढ्यो

सुन तोलामा चार सय रुपैयाँले बढ्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!