गौरादह, २३ माघ । झापाको गौरादहमा सञ्चालन भइरहेको गौरादह साँस्कृतिक महोत्सव-२०८० मा आज माघ २३ गते मंगलबारका दिन चर्चित गायिका ज्योति मगरको विशेष साँगीतिक प्रस्तुति रहने भएको छ ।
बेलुका ७ः०० बजेदेखि प्रस्तुत हुने गायिका मगरले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । गायिका मगरसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने छ ।
लायन्स क्लब अफ गौरादह युनाइटेड र जे.एस. फिल्मस्को आयोजनमा माघ ११ गतेबाट गौरादह-१, डिपु चौकमा सुरु भएको महोत्सव माघ २५ गतेसम्म जारी रहनेछ ।
















Discussion about this post