गौरादह, २० माघ । झापाको गौरादहमा सञ्चालन भइरहेको गौरादह साँस्कृतिक महोत्सव-२०८० मा आज माघ २० गते शनिबारका दिन चर्चित गायिका अस्मिता अधिकारीको विशेष साँगीतिक प्रस्तुति रहने भएको छ ।
बेलुका ७ः०० बजेदेखि प्रस्तुत हुने गायिका अस्मिता अधिकारीले तिम्रो मायाले बाधेर राख, उता परेली झिमझिम भो, को होला त्यो, तिमीले छुदै उड्ने बतास, साली मन पर्यो लगायत आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । गायिका अधिकारीसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने छ ।
लायन्स क्लब अफ गौरादह युनाइटेड र जे.एस. फिल्मस्को आयोजनमा माघ ११ गतेबाट गौरादह-१, डिपु चौकमा सुरु भएको महोत्सव माघ २५ गतेसम्म जारी रहनेछ ।
















Discussion about this post