पाँचथर, २६ पुस । पाँचथरको मिक्लाजुङ गाउपालिका-३ आरुबोटे मा श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको छ।
बिहिबार साँझ ८ बजे तुम्वेवा ४ स्थित घरबाट मिक्लाजुङ-३ मा रहेको ससुराली घर पुगेका ३५ वर्षीय नरधोज कुरुम्वाङ असफलले आफ्नै ३५ वर्षीय श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट छिमेकी महेन्द्र श्रेष्ठ र मृतक गोमाकी आमा कान्छिमाया फियाक पनि घाइते भएको र घाइतेहरुलाई उपचारका लागि दमकतर्फ पठाइएको स्थानीय वडाध्यक्ष जीवनहाङ फियाकले बताएका छन।
गोमा केही समय देखि आफ्नै माइती घर मिक्लाजुङ-३ स्थित बस्दै आएको थियो । यसैविच कुरुम्बाङ ससुराली घर आए पछि पारिवारीक समस्या भएपछि मिलाउन बसेको बेला कुरुम्बाङले आफ्नी श्रीमती,सासू र छिमेकि माथी हत्यार प्रहार गरेको स्थानीयहरुले बताएको छ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक दिवस कुवरको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको जानकारी आएको र इलाका प्रहरी कार्यालय रबिबाट समेत प्रहरी टोली परिचालन भएको कुश्वाहाले बताएको छ।
कुरुम्बाङ श्रीमतीको हत्या पछि फरार रहेको र हत्यारा कुरुम्बाङको खोजीकार्य स्थानीय र प्रहरी टोलि बाट भैरहेको बताइएको छ।
Discussion about this post