मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कँदै

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष १८, बुधबार १८:४४
in Banner News, लुम्बिनी प्रदेश, समाचार
0
कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कँदै
167
SHARES
522
VIEWS
Spread the love

लुम्बिनी, १८ पुस : कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटक पनि बढेका छन् । दुई वर्षअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्नुभएको थियो । त्यसयता मात्र लुम्बिनी आउने भारतीय पर्यटकको सङ्ख्या बढदो छ । भारतीय पर्यटकमात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन पनि पछिल्लो समय बढेको छ ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०२३ मा दुई लाख ६६ हजार पाँच सय १० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सबैभन्दा बढी डिसेम्बर महिनामा ४० हजार आठ सय ४२ र नोभेम्बर महिनामा २८ हजार आठ सय २७ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ । यसअघि सन् २०२२ मा दुई लाख ३० हजार आठ सय ६३ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यस अनुसार सबैभन्दा बढी डिसेम्बर महिनामा ४२ हजार एक सय १५ र नोभेम्बर महिनामा ३८ हजार छ सय ८९ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ ।

जबकि दुई वर्षअघि सन् २०२१ मा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या जम्मा ४३ हजार सात सय ३२ र २०२० मा ३७ हजार २०६ जना भारतीय पर्यटक भ्रमणका लागि लुम्बिनी आएका थिए । “यसअघि यति धेरै सङ्ख्यामा भारतीय पर्यटक लुम्बिनीको भ्रमणमा आएका थिएनन्”, लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले भन्नुभयो, “मोदीको भ्रमण लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सहयोगी बन्यो ।” मोदीको लुम्बिनी भ्रमणबाट लुम्बिनीको भारतभरि प्रचारप्रसारमा महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२२ मा जम्मा २३ हजार नौ सय ४२ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो सङ्ख्या सन् २०२३ मा आइपुग्दा झण्डै तेब्बर बढी तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले देखाएको छ ।

कोषको तथ्याङ्कानुसार सन् २०२३ मा ७६ हजार दुई सय १० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । यसमध्ये सबैभन्दा धेरै सार्क मुलुकअन्तर्गतको श्रीलङ्काबाट सोह्र हजार एक सय ७२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ । त्यसपछि थाइल्याण्डबाट १५ हजार सात सय २१, भियतनामबाट १० हजार चार सय १४ र म्यानमारबाट १० हजार तीन सय ७० जनाले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क रहेको छ । यसबाहेक चीनबाट छ हजार एक सय १३, दक्षिण कोरियाबाट पाँच हजार तीन सय दुई, जर्मनीबाट दुई हजार एक सय ९८, कम्बोडियाबाट दुई हजार एक सय ४९ जनाले भ्रमण गरेका छन् ।

सन् २०२१ मा जम्मा एक हजार एक सय ९७ जना तेस्रो मुलुकको पर्यटक लुम्बिनी पुगेका थिए । यो सङ्ख्या सन् २०२२ मा कैयौँ बढेर २३ हजार नौ सय ४२ पुगेको थियो भने त्यसको तीनगुणा बढी सन् २०२३ मा ७६ हजार दुई सय १० पुगेको छ । विदेशी पर्यटक अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् ।

आन्तरिक पर्यटक पनि बढे

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार कोभिड महामारीका कारण बर्सेनि लाखाँैको सङ्ख्यामा लुम्बिनी भ्रमणमा आउने आन्तरिक पर्यटक पनि ठप्पजस्तै रहेको थियो ।

कोभिड महामारी सुरु हुनु पहिले सन् २०१९ मा लुम्बिनी भ्रमणमा ११ लाख ७८ हजार एक सय ४० आन्तरिक पर्यटक आएका थिए । तर कोभिड सुरु भएपछि यो सङ्ख्या घटेर सन् २०२० मा दुई लाख १० हजार ३३ जना पुगेको थियो ।

कोभिडको सङ्क्रमणमा केही सुधार आएपछि भने लुम्बिनी भ्रमणमा आउने स्वदेशीको सङ्ख्यामा केही सुधार आएको देखिन्छ । यसअनुसार सन् २०२१ मा चार लाख ६३ हजार नौ सय ६३ जनाले भ्रमण गरेका थिए । यो सङ्ख्या क्रमसः बढेर सन् २०२२ मा छ लाख ४९ हजार ७८ र सन् २०२३ मा आइपुग्दा लुम्बिनी भ्रमणमा आउने स्वदेशी पर्यटकको सङ्ख्या बढेर छ लाख ५६ हजार दुई सय १८ पुगेको विकास कोषका सूचना शाखाको तथ्याङ्क रहेको छ । कोरोनापछिको अवस्थामा आन्तरिक तथा भारतीय पर्यटकसँगै तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या विस्तारै बढ्ने क्रममा छ । तर अपेक्षाकृत बढ्न नसकेको विकास कोषको सूचना अधिकृत बस्नेतले बताउनुहुन्छ ।

“पहिलाजस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन”, उहाँले भन्नुभयो, “तर कोरोना समयभन्दा अहिले केही सुुधारोन्मुख देखिएको मात्र हो ।” स्थलमार्गबाट लुम्बिनी आउने पर्यटकका लागि नेपाल–भारत सीमानाका सुनौलीमा नेपालतर्फको आगमनलाई केही व्यवस्थित गराउनुपर्ने उहाँको सुझाव छ । यसका साथै मुख्यराजमार्ग निर्माणाधीन अवस्थामा हुँदा आवागमनमा समस्या मानेर पनि लुम्बिनी आउने पर्यटक अपेक्षाकृत बढ्न नसकेको उहाँको भनाइ छ ।

पर्यटक बढे, बसाइ लम्ब्याउने योजना छैन

पर्यटकको आगमन केही बढे पनि उनीहरुको बसाइ लुम्बिनीमा हुने गरेको छैन । प्रायः सबै पर्यटक भारतीय ट्राभल एजेन्सीमार्फत आउने र सोही दिन भारतमै फर्किने गरेका छन् । गौतमबुद्धसँग जोडिएको अन्य तीर्थस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छैन । वृहत्तर लुम्बिनीअन्तर्गत पर्ने तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवं रामग्राममा अधिकांश पर्यटक पुग्नै पाउँदैनन् ।

“भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजान्छन्”, कोषका सूचना अधिकारी बस्नेतले भन्नुभयो, “पर्यटकको लुम्बिनीमा मुख्य गन्तव्य मायादेवी मन्दिर जस्तो मात्र भएको छ, अनि कसरी पर्यटकको बसाइ अवधि लम्बिन्छ ?”, लुुम्बिनी होटल सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुुम्बिनीमा पर्यटकको आगमनमा सुधार भए पनि बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले पर्यटन व्यवसाय भने फाइदा लिन नसकेको बताउनुहुन्छ ।

यसका साथै बुटवल नारायणगढ सडकको कमजोर अवस्थाका कारण धेरै आन्तरिक पर्यटक आउन नचाहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । लुम्बिनीमा धेरै आन्तरिक पर्यटक आउने भनेको काठमाडौँ र पूर्वबाट हो । तर सडकको अवस्थाका कारण एकदमै कम आएको उहाँ बताउनुहुन्छ । यससँगै पर्यटकको लुम्बिनी बसाइ लम्ब्याउनेतिर योजना बनाउनु जरुरी भएको पर्यटन अध्यक्ष ज्ञवाली बताउनुहुन्छ । “लुम्बिनी आउने पर्यटकलाई अर्को बुद्धस्थल तिलौराकोट र कपिलवस्तुका अन्य बौद्ध गन्तव्यमा पु¥याउने कार्यक्रम बनाउनुपर्छ” उहाँले भन्नुभयो, “रामग्राम, देवदहसम्म पुग्न त्यता पनि आकर्षण गर्ने प्याकेज बनाउनुपर्छ, लुम्बिनीमा पर्यटक बढे पनि उनीहरूलाई भुलाउने योजना र कार्यक्रमको अभाव छ ।”


Spread the love
Previous Post

घलेगाउँका घरबास पर्यटकले खचाखच

Next Post

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

सम्बन्धित समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न
समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न

२०८० पुष १८, बुधबार १८:४४
कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।
Banner News

कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

२०८० पुष १८, बुधबार १८:४४
आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।
जीवनशैली

आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।

२०८० पुष १८, बुधबार १८:४४
नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।
Banner News

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।

२०८० पुष १८, बुधबार १८:४४
बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो :  अध्यक्ष प्रचण्ड ।
पत्रपत्रिका

बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो : अध्यक्ष प्रचण्ड ।

२०८० पुष १८, बुधबार १८:४४
बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।
Banner News

बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।

२०८० पुष १८, बुधबार १८:४४
Next Post
लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!