धनकुटा । धनकुटा लेडी जेसिज वर्ष २०२४ को अध्यक्षमा जेसि मुना पोख्रेल निर्वाचित हुनुभएको छ । धनकुटा लेडी जेसिजको आज आइतबार सम्पन्न छैठौँ वार्षिक साधारणसभाबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा पोख्रेल निर्वाचित हुनुभएको हो ।
त्यस्तै जेसिजको नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षहरुमा जेसि सुस्मिता श्रेष्ठ र जेसि ज्योत्सना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, जेसिज बर्ष २०२४ का लागि उपाध्यक्षहरुमा जेसि रिता पाण्डे, जेसि बिनु जोशी, जेसि योजना अधिकारी र जेसि गिता पौडेल निर्वाचित हुनुभएको छ ।
Discussion about this post