मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक–चिसापानी सडकको एक वर्ष म्याद थपिने

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष १३, शुक्रबार २०:३८
in Banner News, कोशी प्रदेश, समाचार
0
दमक–चिसापानी सडकको एक वर्ष म्याद थपिने
168
SHARES
524
VIEWS
Spread the love

इलाम, १३ पुस : पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।

कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ ।

सरकारले समयमा भुक्तानी नदिएका बीचमा काम अलपत्र छोडिएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । सडक अलपत्र बन्ने अवस्था आएपछि इलामका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मीलगायत स्थानीयले सडकको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमन पछि सडक निर्माणमा आइलाग्ने समस्या समाधानमा स्थानीय राजनीतिक दल तथा सरोकारवाला निकायले बाटो खोलिदिने सहमति भएसँगै काम अगाडि बढाइने निर्माण कम्पनीका सञ्चालक तुलसीराम भण्डारीले बताउनुभयो । सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै काम सुरु गर्ने प्रतिबद्धता जनाएका स्थानीयले बताएका छन् ।

सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर सुधीरकुमार झाले पटकपटक ताकेता गरिएको बताउँदै विद्यामान समस्या समाधान गरी काम अगाडि बढाउने सहमति भएसँगै कामले गति लिने जनाउनुभयो । अब पनि काम गराउन कार्यालय लागिपर्ने उहाँको भनाइ थियो ।

निर्माण कम्पनीका प्रतिनिधि मिलन राईले सरकारको नीतिका कारण व्यवसायीलाई समस्यामा भएको बताउनुभयो । गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको उहाँको भनाइ थियो । अब वैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने उहाँको दाबी थियो ।

पहिलो चरणको कोभिड–१९ का कारण काम गर्न समस्या भएको भन्दै राईले त्यसपश्चात् काम थाल्न खोज्दा दोस्रो चरणको कोभिड सुरु भएपछि काम रोकिएको बताउनुभयो । मजदुरको दिन बाँकी रहेको रकमसमेत भुक्तानी गर्ने र तत्काल काम थाल्ने उहाँको भनाइ थियो ।

माथिल्लो दुईखण्ड निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निर्माण कम्पनीका सञ्चालक भण्डारीले दुई खण्डको काम एक वर्षभित्रमा सम्पन्न गर्ने जानकारी दिनुभयो ।

स्थलगत अनुगमनपछि सडक निर्माणले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । उहाँले दुवै निर्माण कम्पनीले कामसक्ने प्रतिबद्धता जनाएकासमेत जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले थप भएको समयमा काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले स्थानीयको दबावसमेत उत्तिकै आवश्यक रहेको भन्दै अनुगमनमा आफू निरन्तर लाग्ने बताउनुभयो ।

जिल्लास्थित नेकपा एमालेका उपाध्यक्ष उदय राईले सडक निर्माणमा ठेकेदार पक्ष बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि बहानामा सडक निर्माण रोक्न नहुने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले लामो समयसम्म सडक निर्माणले गति लिन नसक्दा स्थानीयलाई प्रत्यक्ष असर पुगेको बताउनुभयो । स्थानीयको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष जोडिएको सडक निर्माणमा आफूहरूले निरन्तर निगरानी गर्नेसमेत उहाँको भनाइ थियो । सडक निर्माण गर्न ठेकेदार कम्पनी तथा सम्बन्धित पक्षले चासो बढाउनुपर्ने उहाँले बताउनुभयो ।

फाल्गुनन्द सडक नामकरण गरिएको सो सडक दमकदेखि चिसापानीसम्मको दूरी ३३ किलोमिटर रहेको छ । कालोपत्रका लागि लागेको ठेक्काको समय चार पटकसम्म थप हुँदा समेत निर्माण हुन सकेको छैन । पहिलो खण्ड मानिएको दमकदेखि साढे छ किलोमिटर महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०७५ साउन अन्तिममा सम्झौता गरेको थियो ।

दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किमी सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको छ । सो सडकखण्ड रु ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड रु ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । सडकमा धेरैजसो ठाउँमा नाली निर्माण र ग्याभिङ वालको काम भने सम्पन्न भइसकेको छ ।


Spread the love
Previous Post

पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी सङ्कलन

Next Post

हर्कको अभियानमा जोडियो ‘पर्खी बसेँ तिमीलाई’

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८० पुष १३, शुक्रबार २०:३८
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८० पुष १३, शुक्रबार २०:३८
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८० पुष १३, शुक्रबार २०:३८
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८० पुष १३, शुक्रबार २०:३८
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० पुष १३, शुक्रबार २०:३८
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० पुष १३, शुक्रबार २०:३८
Next Post
हर्कको अभियानमा जोडियो ‘पर्खी बसेँ तिमीलाई’

हर्कको अभियानमा जोडियो ‘पर्खी बसेँ तिमीलाई’

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!