ईलाम, ३ पौष : ईलाममा रहेको माइपोखरी सञ्चार सहकारी संस्था ९ईलाम एफएम ९३ मेगाहर्ज० मा नयाँ नेतृत्व चयन भएको छ ।
माइपोखरी सञ्चार सहकारीको १७ औँ वार्षिक साधारसभा तथा पाँचौ अधिवेशनबाट अध्यक्षमा जस बहादुर राई निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गणेश अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नरेन्द्र खड्का, विद्या सापकोटा, देवनारायण बराल, राजेन्द्र पौडेल, चित्र बहादुर दाहाल, गोपाल नेपाल र दावा तामाङ्ग निर्वाचित भएका छन् ।
साथै लेखा सुपरिवेक्षण समितिको लेखा संयोजकमा कुल प्रसाद देवान चयन भएका छन् भने सदस्यहरुमा होम बहादुर राई र शेर बहादुर खड्का चयन भएका छन् ।
Discussion about this post