जय कुमार राई / कमल, २५ कात्तिक । झापाको कमल गाउँपालिका-४, जोगिचौनमा रहेको नेपाल दुग्ध उत्पादक सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ ।
सहकारीको आगामी ४ वर्षको लागि शुक्रबार भएको निर्वाचनमा पुन: अध्यक्षमा बसन्त पौडेल निर्वाचित हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा राज कुमार तामाङ्ग निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा लिलानाथ पराजुली, तारा कुमार कार्की, मकर लावती, लोक बहादुर बस्नेत (गोपाल), मनिता पाण्डे, इन्द्रिरा खड्का र हेम कुमारी बजगाई (रीता) निर्वाचित भएका छन् ।
साथै लेखा सुपरिवेक्षण समितिको लेखा संयोजकमा लेख बहादुर बुढाथोकी निर्वाचित भएका छन् भने सदस्यहरुमा पुजा कटुवाल र दान बहादुर कार्की निर्वाचित भएका छन् ।
Discussion about this post